• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आँधीखोला तर्न फट्केको भर

by
३ पुस २०८१,
0
आँधीखोला तर्न फट्केको भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् । हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए । विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह«ाथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए ।

‘जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउने समेत गथ्र्यो’, उनले भने, ‘खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।’ स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए । बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारी जस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेस्र्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।

खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए । ‘खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ’, उनले भने, ‘कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०–२२ पनि बुन्नुपर्छ ।’ पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपथ्र्यो । केही वर्ष अघिदेखि विद्यालय आफैले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ ।

विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ । खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् ।फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उनले बताए ।

पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताए । डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उनले बताए । पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ । ‘हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्परा जस्तै बनेको छ’, उनले भने, ‘विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।’ एक पटक फट्के बनाएपछि झण्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।

Previous Post

चोभार सुख्खा बन्दरगाह: लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

Next Post

यो नदी कसको? (फाेटाे फिचर)

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
Load More
Next Post
यो नदी कसको? (फाेटाे फिचर)

यो नदी कसको? (फाेटाे फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In