• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टमाटर खेतीबाट वार्षिक पाँच लाख आम्दानी

by
३ पुस २०८१,
0
टमाटर खेतीबाट वार्षिक पाँच लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही : जिल्लाको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो। यो क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ।

यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्। त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका- ४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी। उनका अनुसार टमाटर खेतीबाट बर्सेनी पाँच लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ।

कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए।‘सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए’, उनले भने, ‘धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ।’

मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन्। एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए। कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ।‘पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिए’, उनले भने,‘उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन्। आफैँले दुई बिघा लगाएको छु। छ महिनामा पाँच लाखको टमाटर आरामले बेच्छु।’

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउछन्। अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ।‘ किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो’,  मिकरानीले भने,‘मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन।’

उनले प्रतिक्यारेट रु तीन सयदेखि रु एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आएका छन्। टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए। यसरी गरिने फरक-फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ।

“पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ’, मिकरानीले भने, ‘कहिले व्यापारी खेतमै आँउछन्। कहिले बजारसम्म लैजाने गरेको छु।’ टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उनले सुनाए।

किसान लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताए। अहिले किसाने टमाटर एक हजार ८०० रुपैयाँ क्यारेटसम्म बेच्न पाएको र  उत्पादन समयको  किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ।

खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ। प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले दाबी गरे।

तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर र्आका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर वर्षमा चार लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए। उनले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाएका छन्।

सुरक्षित भण्डारणको समस्या

उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उनीहरूको भनाइ छ। राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन्।

‘आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ’, उनले भनिन्। सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए।

Previous Post

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

Next Post

चितवन राष्ट्रिय निकुञ्जबाट डेढ महिनामा ६५ जना पक्राउ

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
Load More
Next Post
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जबाट डेढ महिनामा ६५ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In