• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ठमेलमा पर्यटक त आए, तर खर्च नै नगर्ने

by
२० मंसिर २०८१,
0
ठमेलमा पर्यटक त आए, तर खर्च नै नगर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ। हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन्। विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज–मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ। योपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन्।

ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन्। अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन।

ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउछन्। “पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए। ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन। कहिलेकाही त सुको व्यापार हुँदैन।”

ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू। व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन्। पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ। ‘विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन्। ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन’, व्यवसायी थापाले सुनाए।

ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ। आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ। यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन। भूकम्पअघि दैनिक ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले १० हजार कमाइ हुने गरेको बताए।

कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउछन्। शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ। यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन्। ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन। राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन्। फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन्।

ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन। “यसपटक मान्छे ९विदेशी पर्यटक० छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन। आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन्। होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्”, उनले भने।

ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको बताउछन्।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए। “यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन्। पर्यटकको बसाइँ पनि कम भयो”, उनले भने, “यसपटक मौसमले पनि साथ दिएन। गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्यो।”

विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे। सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए। उनले भने, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन।” शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन्। त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन्।

होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो। यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनको भनाइ छ।

यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ। ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ। विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए।

Previous Post

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

Next Post

बिबाह पञ्चमी ब्यवस्थित गर्न २५ सय स्वयंसेवक र सयौं सुरक्षाकर्मी परिचालन

सम्बन्धित खबर

उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२२ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

२२ बैशाख २०८३,
Load More
Next Post
बिबाह पञ्चमी ब्यवस्थित गर्न २५ सय स्वयंसेवक र सयौं सुरक्षाकर्मी परिचालन

बिबाह पञ्चमी ब्यवस्थित गर्न २५ सय स्वयंसेवक र सयौं सुरक्षाकर्मी परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In