• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

by
१९ मंसिर २०८१,
0
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन ।

जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरु बोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले वि.सं २०६८ मा जलजला कुकुर चिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताए । ‘तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाखका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो’, उनले भने, ‘हालसम्म प्राप्त भएको ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।’

सङ्घीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए ।

‘स्वच्छ खानेपानीको आसमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्’, उनले भने, ‘निर्माण गरेका इन्टेक, रिजर्भ ट्याङ्की र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुर चिहान र लोप्रेको जङ्गलको मुहानको पानी सङ्कलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो ।

स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् । खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताए । आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीय स्थल पनि हो ।

चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि दुई करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुर चिहान क्रमागत आयोजनालाई १० लाख विनियोजन गरेको छ । सङ्घीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँस खर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा एक÷एक करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुने वातावरण बनाउने प्रतिबद्धता जनाए । आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक–फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँड गरेर निर्माण गरिने उल्लेख गरे ।

Previous Post

गाँजा नियन्त्रण लिन प्रहरीले चलायो गोली

Next Post

एन्टिबायोटिक सेवन गर्नेहरूमा मस्तिष्क रोगको जोखिम दोब्बर

सम्बन्धित खबर

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
आवाज

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
Load More
Next Post
एन्टिबायोटिक सेवन गर्नेहरूमा मस्तिष्क रोगको जोखिम दोब्बर

एन्टिबायोटिक सेवन गर्नेहरूमा मस्तिष्क रोगको जोखिम दोब्बर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In