• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नयाँ सरकार र भारतसँगको सम्बन्ध

by
१९ पुस २०७९,
0
नेपाल–भारत सम्बन्धमा चिनियाँ अन्तरक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीः नेपालको भारतसँग शताब्दीयौँ देखि धार्मिक, सांस्कृतिक, सामाजिक–आर्थिक र राजनीतिक सम्बन्ध रहेको छ । दुई देशबीच खुला सिमाना मात्रै नभएर विवाह, नातागोता र पारिवारिक सम्बन्ध पनि कायम रहेको छ । प्रख्यात कुटनीतिज्ञ प्रा एसडी मुनिले नेपाल र भारतलाई ‘विश्वका सबैभन्दा नजिकको छिमेकी’ भनेर चित्रित गरेका छन् । नेपाल र भारतको कूटनीतिक तथा एक अर्कासँग पारिवारिक सम्बन्धका कारणले पनि यसलाई पुष्टि गर्दछ । उदाहरणका लागि, नेपालको सेना प्रमुख भारतीय सेनाका मानार्थ सेना प्रमुख हुने प्रचलन रहि आएको छ भने भारतको सेना प्रमुखलाई नेपालको मानार्थ सेना प्रमुखको रुपमा सम्मान गरिदैँ आएको छ । यस्तै, नेपाली नागरिकले ठूलो संख्यामा भारतीय सेनामा सेवा गर्दै आएका छन् र नेपालीहरु आफ्नो वीरता, प्रतिबद्धता र निष्ठाका लागि प्रसिद्ध रहेका छन् ।

पछिल्लो समय भारतको ध्यान नेपालको पूर्वाधार विकास, मानव सुरक्षा, मानव विकासका सूचकहरूमा सुधार ल्याउनमा भएको छ । सन् २०१५ मा गएको महाभुकम्पको विपद्का बेला भारतले नेपाललाई सहायता र अनुदानमार्फत रहेको थियो । भारतको स्वतन्त्रता पछि, भारतले नेपालसँग घनिष्ठ सांस्कृतिक र ऐतिहासिक सम्बन्धमा आफ्नो सम्बन्ध निर्माण गरेको थियो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि मार्फत भारत र नेपालले एकअर्कालाई ‘विशेष सम्बन्ध’को दर्जा दिएका थिए । जसअन्तर्गत भारतीय र नेपाली दुवै व्यवसायका लागि राष्ट्रिय व्यवहार र दुई देशका नागरिकलाई बसोबास, सम्पत्ति, रोजगारी, व्यवसायका विषयमा पारस्परिक व्यवहार गर्ने व्यवस्था गरिएको थियो ।

सन् २०१५ मा मधेसी मुद्दा चर्किएपछि, केही नेपाली राजनीतिज्ञहरूले मधेशी आन्दोलन हुनुको पछाडि भारतको हात रहेको आरोप लगाए । नेपाली नेताहरूले भारतलाई घरेलु राजनीतिमा ‘पञ्चिङ ब्याग’ को रूपमा प्रयोग गर्नु पछिल्लो समय सामान्य भएको छ । तैपनि, यसले केही हदसम्म भारत–नेपाल सम्बन्धलाई केही समयका लागि बिगारेको छ । सन् २०१८ मा केपी ओलीले नेपालको प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाल–भारत सम्बन्धमा केही समस्या आउन थालेका थिए । ओली सरकारले चीनप्रति स्पष्ट झुकाव देखाउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्रीय विवाददेखि लिएर भगवान रामको जन्मभूमिमाथि प्रश्न उठाएका थिए । उनले नेपालमा कोरोना भाइरस फैलिएकोमा भारतलाई दोष दिँदै यसलाई ‘भारतीय भाइरस’ भनेका थिए ।
विश्लेषकहरूले नेपालमा भारत विरोधी अभियान हुनु नेपालको राजनीतिक अस्थिरताको प्रतिबिम्ब भएको बताएका छन् । नेपालमा जति पनि भारत विरोधी अभियान भएका छन्, त्यसमा चीनको संग्लनता देखिन्छ । जब शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै नेपाल–भारत सम्बन्ध फेरि सुमधुर हुन थालेको छ । यस वर्ष बुद्ध पूर्णिमामा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्बन्ध सुधार भएको संकेत गरेकोछ ।

यो भ्रमणसँगै भारतीय टुर अपरेटरहरूले प्रवद्र्धन गरिरहेको बुद्ध सर्किटमा लुम्बिनीलाई समावेश गर्ने नेपाल–भारत संयुक्त योजना पनि आएको छ । यो दुई छिमेकी देशका विभिन्न साइटहरू जोड्ने रामायण सर्किट निर्माण गर्ने परियोजना पनि रहेको छ । पश्चिम सेती जलविद्युत्त आयोजना निर्माणका लागि नेपालले भारतलाई प्रस्ताव गरेको छ । नेपालमा भर्खरै भएको आम निर्वाचनको समापन र २०२२ डिसेम्बर २५ मा पुष्पकुमार दाहाल ‘प्रचण्ड’ ले नेपालको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै भारत–नेपाल सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक पुष्पकुमार दाहाललाई सरकार गठनका लागि बधाई दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । दुई देशबीचको विशिष्ट रूपमा बलियो द्विपक्षीय सम्बन्ध भएका आपसी सम्मान र प्राकृतिक सम्बन्धलाई उजागर गर्दै दुवै पक्षले मिलेर काम गर्ने उत्साह व्यक्त गरे।

प्रचण्ड र ओली दुवै चीन पक्षधर भए पनि उनीहरुको सम्बन्ध राम्रो छैन भन्ने कुरा ध्यान दिनु जरुरी छ । त्यतिबेला ओलीले प्रचण्डले भारतको समर्थनमा आफूलाई सत्ताबाट हटाएको आरोप लगाएका थिए । यसरी दुई प्रतिद्वन्द्वी वैचारिक अभिसरणका कारण नभई शक्ति बाँडफाँडका लागि एकजुट भएका हुन् । यहाँ भारतले नेपालका लागि आफ्नो रणनीतिलाई पुनः मूल्याङ्कन गर्ने र दुवै पक्षका लागि फाइदाजनक राजनीतिक र कूटनीतिक पहलहरूमार्फत आफ्नो सम्बन्ध सुदृढ गर्ने अवसर छ । नेपालका लागि समानता, क्षेत्रीय अखण्डता र पारस्परिक सम्मान र सहयोगमा आधारित दक्षिणी छिमेकीसँगको सम्बन्ध पुनस्र्थापित गर्ने अवसर पनि हो ।
(एएनआईमा प्रकाशित यो लेखलाई भावानुवाद गरिएको हो । )

Previous Post

चीनमा कोभिड संक्रमण बढ्नु चिनियाँ खोपको प्रभावकारिताको नहुनु हो ः रिपोर्ट

Next Post

ब्राउन सुगरसहितसहित एक जना पक्राउ

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ

ब्राउन सुगरसहितसहित एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In