काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।प्रहरीका एकजना उच्च अधिकृतका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंक मार्फत कारोबार गरेको फेला परेको छ । रविले ग्लोबल आइएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेका हुन् ।













