१. प्रजातान्त्रिक शक्ति र राजाको शक्तिबीच मेल भइदियो भने यो देशलाई कसैले पनि हल्लाउन सक्दैन ।
२. मैले जहिले पनि राजनीतिक तर्क दिँदा विरोधीको स्थानमा आफूलाई सोच्दछु । कुरा तन्काएर, बङ्ग्याएर विपक्षीको तर्कको मुकाविला गर्दिनँ । भित्ता नपु¥याइकन विपक्षीलाई जवाफ दिने कोसिस गर्छु ।
३. हिन्दूस्तानमा निर्भर भएर वा चीनमा निर्भर भएर कोही नेपालमा राजनीति गर्छ भने त्यो सफल हुँदैन यी दुवैलाई चिढाउनु पनि हुँदैन ।
४. म मन्दिर जान्छु तर देवताबाट कुनै आशा गर्दिनँ । त्यहाँको वातावरणबाट भने केही न केही प्राप्त गर्छु ।
५. म प्रारब्ध मान्दछु । मैले आफ्नो आमाबुवा आफै चुन्न पाइन, समाज चुन्न पाइन, बुद्धि र क्षमता चुन्न पाइन, यी धेरै महत्वपूर्ण कुराहरु पहिले नै कसैले चुनेर मलाई दिए । त्यै हो प्रारब्ध, त्यै हो नियति, त्यै हो भाग्य ।
६. नेपालमा राजतन्त्रको परम्परा कायम रहोस्, राजाको छोरा दीपेन्द्र राजगद्दीमा बस्न पाउन भन्ने कसैलाई लागेको छ भने त्यसका लागि राजाको सक्रिय नेतृत्वको आधार दिनुपर्दछ । अनि मात्र दीपेन्द्रको राजगद्दी सुरक्षित हुन्छ, नत्र हुँदैन यो बुझ्नुपर्छ राजाले । यो कुरा स्वर्गीय राजा महेन्द्रले बुझेनन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













