• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’

by
११ मंसिर २०८१,
0
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा । यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।

चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताए । असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

“असी रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ”, उनले भने, “सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युब हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाई पनि राम्रो भएको छ ।” ड्रागन थोकमा प्रतिकेजी रु चार सयका दरले र खुद्रामा प्रतिकेजी रु पाँच सयका दरले बिक्री भएको उनले बताए। यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो ।

आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उनले बताए । “नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे”, उनले भने, “अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन् ।”

उनले एउटा पिलरमा तीन वटाका दरले ड्रागनका बेर्ना लगाएका छन् । ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाएका छन्। “नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो”, उनले भने, “आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।” उनले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आएका छन् ।

उत्पादन गर्न सकेको खण्डमा बजारको कुनै समस्या नरहेको कृष्णका भाइ अमृत ढुङ्गानाले बताए । अमृतले दाजुले उत्पादन गरेको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिएका छन्। “यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो”, उनले भने, “ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ ।”

बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताए । अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्‍याउने लक्ष्य रहेको अमृतले बताए ।

झोलामा फाइल बोकेर हिँड्ने नक्कली किसानलाई राज्यले अनुदान दिने गरेकामा उनको दुखेसो छ । “वास्तविक किसानले मेहनत गर्छन् तर उनीहरू राज्यले दिने अनुदानमा पर्दैनन्”, उनले भने, “यसले काम गर्दैन तर पहुँच पुर्‍याउँछ उसैलाई राज्यले अनुदान दिँदा दुःख लाग्दो रहेछ, यद्यपि हामीले अनुदानको आशमा व्यवसाय थालेका भने होइनौँ ।” केन्द्र, प्रदेश तथा स्थानीय सरकारले अनुदान सुरुमै नभई उत्पादनका आधारमा दिनुपर्ने माग उनको छ ।

Previous Post

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

Next Post

अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी

अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In