• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तीव्र

by
१० मंसिर २०८१,
0
जनकपुरधाममा विवाहपञ्चमीको तयारी तीव्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्रगतिमा शुरु भएको छ।विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न काम योजनाबद्ध रुपमा शुरु भइरहेको छ।

मङ्सिर २१ गते मार्गशुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिविधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालुभक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा विभिन्न पाँच ठाउँबाट ‘डिस्प्ले’का माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका सिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी एवं सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि शय्या व्यवस्था तथा ट्रमासेन्टर सञ्चालन गरिने भएको छ।

औषधिसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडक बत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्नेलगायत अन्य कार्यको तयारी भइरहेको जनाइएको छ। महोत्सव तयारीका कामको बाँडफाँट सकिएको छ।

सोका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकमा विवाहपञ्चमी महोत्सवलाई भव्य एवं व्यवस्थित बनाउन तीनै तहका सरकारले गर्नुपर्ने कार्यका बारेमा निर्णायक छलफल भएको थियो।

गत बिहीवारको बैठकमा तीनै तहका सरकारले दोहोरो नहुने गरी मितव्ययी ढङ्गले महोत्सवको व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले बताए। उनले सो बैठकका आधारमा महोत्सवको तयारी भइरहेको बताए।

विवाहपञ्चमी महोत्सव वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटोमा भीड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइलगायत कार्यमा बढी जोड दिइने बताइएको छ।

महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन्।

वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने ५ सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ।

नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनलाई कुनै प्रकारको असुविधा नहुन दिन जानकी मन्दिर व्यवस्थापनले जोड दिएको मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए।

यसैबीच जनकपुर सडक डिभिजन कार्यालयले जनकपुर नगरभित्रका सडक मर्मतसम्भार अगाडि बढाएको कार्यालयका इ दीपक झाले जानकारी दिए।

विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्ध गर्न तयारी थालेको छ।

मङ्सिर शुक्लपक्ष्मीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मध्य विवाहको विधि भने यसपाली मङ्सिर २१ गते शुक्रवार परेको छ। त्रेतायुगमा भएको रामजानकी विवाहलाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ।

Previous Post

लालझाडीमा हात्ती आतंकः छिमेकीको शरणमा पुगे कडारा परिवार

Next Post

प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, चीन भ्रमणको विषयमा यस्तो छ सुझाव

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, चीन भ्रमणको विषयमा यस्तो छ सुझाव

प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, चीन भ्रमणको विषयमा यस्तो छ सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In