• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्मचारीसँग असन्तुष्ट प्रधानमन्त्री

by
७ मंसिर २०८१,
0
प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीसँग असन्तुष्ट देखिएका छन्। दुई तिहाइकाे सरकार बनेकाे आधा वर्ष पुग्न लाग्दा पनि नजिता निस्कने गरी काम हुन नसकेकाे भन्दै असन्तुष्ट देखिएका हुन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कर्मचारीकाे कामप्रति असन्तोष पोख्दै नतिजामुखी काम गर्न निर्देशन पनि दिए।

‘मैले चलाउने भनेकाे व्यूराेक्रेसी (कर्मचारी)हाे। काम गर्ने तपाईंहरू (कर्मचारी) हाे। नतिजा देखिने गरी काम गर्ने पनि तपाईंहरू हाे’, उनले भने, ‘नतिजा आउन सकेन भने प्रधानमन्त्रीका रुपमा मैले जस लिने हाेला तर काम गर्ने तपाईंहरू हाे। कुन मुख्य सचिवकाे समयमा कस्ताे काम भयाे भन्ने पनि हाेला।’

प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुश गर्ने गरी काम गर्न निर्देशन दिए। उनले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।

‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस्। बैठकहरुको औचित्य सिद्ध गर्नुस्। अर्काे बैठकमा आउँदा यो–यो परिवर्तन भयो भन्ने लिएर आउनुस्,’ उनले भने।

ओलीले काम गर्नका लागि कतै कानुनी अल्झन भए तत्काल संशोधन गरिने तर कामलाई दायाँबायाँ अल्झाउने गरी नबस्न निर्देश गरे। ‘सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ। हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ। हाम्रो स्रोत साधन जति छन्, तिनीहरुको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ। सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ’, उनले भने।

भन्सार कार्यालयहरूमा अहिले पनि कर्मचारीले घुस खाने गरेको भन्दै माथिबाट निर्देशन गर्न उनले आग्रह गरे। ‘सरुवा, बढुवामा कतै पैसा बुझाउनु पर्दैन। तपाईंहरू काम गर्नुस्, भन्सारमा अहिले पनि घुस खाने गरेकाे विषय छ, त्यसलाई रोकिहाल्नुस्’, उनले भने।

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू, मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।

Previous Post

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

Next Post

पूर्वराजा शाह लुम्बिनी जाँदै

सम्बन्धित खबर

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
पूर्वराजा शाह लुम्बिनी जाँदै

पूर्वराजा शाह लुम्बिनी जाँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In