काठमाडौं । बलिउड अभिनेत्री निकिता दत्ताले अहिलेसम्म कैयौं सिरियल र फिल्ममा काम गरेकी छिन् । उनी प्रायस् सामाजिक सञ्जालमा सक्रिय रहने गरेकी छिन् ।
यसबीच सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा उनी सेतो कटआउट ड्रेसमा निकै सुन्दर देखिइन् । तर, निकिता भाइरल हुनुको कारण भने अलिक फरक छ ।
वास्तवमा पहिरनले उनलाई दुस्ख दिएको थियो । त्यस भिडियोमा निकिता बारम्बार आफ्नो खुम्चेको लुगालाई पटक पटक मिलाउने प्रयास गरिरहेकी छिन् । बलिउड अभिनेत्रीको यो भाइरल भिडियो यतिबेला सामाजिक सञ्जालमा खुबै चर्चित छ ।













