• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

by
१७ कार्तिक २०८१,
0
सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ ।

पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरेको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ ।

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउछन् । “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भने ।

व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिएका धनगढी उपमहानगरपालिका-४का हेमराज भट्टले बताए । सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा  बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उनको भनाइ छ । “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे ।  भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनाएर पाएको छ”, भट्टले भने।

धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ । टिपेको पाँच/छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ ।

धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको संख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो ।

उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिँदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो । धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र  बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ ।

स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।

Previous Post

आजबाट नेपाल संवत् ११४५ प्रारम्भ

Next Post

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

सम्बन्धित खबर

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
आवाज

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

२२ बैशाख २०८३,
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
Load More
Next Post
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In