• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कटारी क्षेत्रमा सिमेन्ट उद्योगका टिपरको आतंक

by
१२ कार्तिक २०८१,
0
कटारी क्षेत्रमा सिमेन्ट उद्योगका टिपरको आतंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कटारी (उदयपुर) । सिमेण्ट उत्पादनमा प्रयोग हुने ढुङ्गा बोक्ने टिपरका कारण उदयपुरको कटारी क्षेत्रको जनजीवन आतंकित बनेको छ । सडकको क्षमताभन्दा तेब्बर बढी ढुङ्गा बोकेर अनियन्त्रित रूपमा हुईँकिँदा निम्तिन सक्ने सम्भाबित दुर्घटना र ध्वनी प्रदुषणका कारण कटारी– मिर्चैया सडक खण्ड आसपासका बासिन्दाको दैनिक जनजीबन प्रभाबित बन्न पुगेको हो । यस क्षेत्रका देबिधाप, हडैया, बलिया, गिद्दबर, सिमानपुर, कल्याणपुर, ददरिया, खोक्सा, गराँस र बेलसोतबासी आतंकित बनेका छन् ।

टिपरहरूले १० टन क्षमताको उक्त सडकमा ३६ टनसम्म ढुङ्गा ढुवानी गर्दै आएका छन् । गिद्वबरका स्थानिय युवा खेटप्रसाद अधिकारी (रामु) भन्छन्, ‘राती ८ बजेपछि सडक क्षमताभन्दा तेब्बर बढी सिमेण्ट ढुङ्गा बोकेका टिपरहरू अनियन्त्रित रफ्तारमा कुदाइन्छ । टिपर हिँड्न थालेपछि सडकमा पैदल हिँड्न डरमर्दो हुने गरेको छ भने टिपरको आवाजले बालबालिका र बृद्वबृद्वा निदाउनै सक्दैनन् ।’

हरेक रात एक हजार बढी ढुङ्गा बोकेका टिपर कटारी–मिर्चैया सडक खण्डमा चल्दैआएको खेटप्रसादले जानकारी दिए । उक्त सडक खण्डमा मिर्चैयास्थित शौर्य र मारूती सिमेण्ट उधोगका ढुङ्गा बोक्ने टिपर चल्दै आएको बर्षौँ भयो ।

पछिल्लो समय कसमस सिमेण्ट उधोगको ढुङ्गा पनि यहीबाटो हुँदै ढुवानी गरिँदै आएको छ । यी सिमेण्ट उद्योगहरूले क्षमताभन्दा तेब्बर बढी ढुङ्गा ढुवानी गराउँदा कटारी–मिर्चैया सडक खण्डको पर्ने गराँस–बेलसोत र बेलसोत –मिर्चैया चुरेक्षेत्रको सडक सँधै क्षतबिक्षत बन्दा बर्षातको समयमा सबारीसाधनहरू चल्न समस्या हुने गरेको छ भने यात्रुहरूले जोखिमयुक्त यात्रा गर्नु परेको छ ।

यस सडकखण्डमा बिगतदेखि नै ढुङ्गा बोक्ने टिपरहरूको मनोमानि चलिरहँदा सम्बन्धित निकाय भने मौन छन्, किन होला ? हप्ता दिनअघि हाजिर भएकी इलाका प्रशासन कार्यालय, कटारी प्रमुख कोपिला राईले आफू भर्खरै सरूवा भएर आएकाले यसबारे कुनै जानकारी नभएको बताइन् ।

सडकको क्षमताभन्दा बढी ढुवानीमा रोक लगाउने बताउँदै प्रमुख राईले भनिन्, ‘बिगतमा के भएको थियो थाहा भएन अब कसैको मनोमानि चल्न दिनेछैन । जनताले केही दीनमै कानुनी राज्यको महशुस गर्न पाउने छन् ।’

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सिमेण्ट उद्योगहरूका ढुङ्गा बोक्ने वैकल्पिक मार्ग बन्न नसक्दा समस्या झेल्नुपरेको बताए । मेयर श्रेष्ठले भने, ‘सिमेण्ट उद्योगको ढुङ्गा बोक्न खसिबास हुँदै बैकल्पिक मार्ग खोल्ने उधोग र नगरपालिकाबिच सहमती भएको छ ।’ वैकल्पिक सडक निर्माणका लागि १२ लाख खर्चिएर डिपिआर बनिसकेको बताउँदै मेयर श्रेष्ठले भने, ‘वैकल्पिक मार्ग निर्माणका लागि ९२ करोड लागतको स्टमिट गरिएको छ । बजेटका लागि उधोगीहरूले पहल गर्नुपर्छ ।’

२ हजारलाई रोजगार

सिमेण्ट उत्पादनमा प्रयोग हुने ढुङ्गा ढुवानी गर्दै आएका टिपरहरूले कटारी क्षेत्रका २ हजारलाई रोजगारी प्रदान गरेको मेयर श्रेष्ठले जानकारी दिए । ढुङ्गा ढुवानीमा प्रयोग भएका धेरैजसो टिपर कटारी नगरबासीकै रहेको बताउँदै मेयर श्रेष्ठले भने, ‘टिपरलेमात्रै प्रत्येक आर्थिक बर्ष कटारी नगरपालिकामा दुई करोड रूपैयाँ भित्रिदै आएको छ ।’

कटारी–मिर्चैया सडक खण्डमा सिमेण्ट उत्पादनका लागि प्रयोग हुने ढुङ्गा ढुवानी गर्ने टिपरहरूले नगरबासीलाई रोजगार सिर्जना गरेर नगरको अर्थब्यवस्थालाई चलयमान तुल्याएपनि सडक आसपासको जनजीवन आतङ्कित र त्रसित बनाउँदै आएकालाई सामान्य रूपमा लिनु नहुने स्थानीयको भनाइ छ ।

सडक क्षमताभन्दा तेब्बर बढी ढुङ्गा बोकेर रातबिरात अनियन्त्रित रूपमा हुईँकिदै आएका टिपरका कारण मिर्चैया–कटारी सडकखण्ड सँधै जिर्ण हुँदै आएको यथार्थ पनि भुल्नु नहुने नागरिकको सल्लाह र सुझाव छ ।

टिपरले झण्डै उडाएन घर

यसैबिच गएराती ढुङ्गा बोकेको टिपर अनियन्त्रित भएर सडक तल खस्दा कटारी, हडैयाका प्रेम धामीको घर भत्कनबाट जोगिएको छ ।

शौर्य सिमेण्ट उद्योगको ढुङ्गा बोकेर मिर्चैया तर्फ जाँदै गरेको ना २ ख ३३ ९४ नम्बरको टिपर हडैयास्थित सडक छेउमा रहेको धामीको घर छेउमा झरेको हो । ढुङ्गा बोक्ने टिपरहरूको मनोमानि चलिरहे पनि ट्राफिक प्रहरीले शंकास्पद मौनता साँध्नुलाई कटारीबासीले अर्थपुर्णरूपमा हेरेका छन् ।

Previous Post

इजरायल र इरान काे कति शक्तिशाली छन्?

Next Post

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In