• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीन भ्रमणको तयारीमा प्रधानमन्त्री ओली

by
११ कार्तिक २०८१,
0
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र चीन दुवै देशको भ्रमणमा नगएका प्रधानमन्त्री ओली पहिला चीन भ्रमणमा जाने तयारीमा लागेका हुन्। गत असोजमा राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओलीको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो। सो भेटघाटका बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। तर मोदी तत्कालै नेपाल आउने सम्भावना नभएको र नेपालका प्रधानमन्त्री ओलीले पनि तत्कालै भारत भ्रमण गर्ने अवस्था नरहेकाले उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारी थालिएको हो।

‘यही नोभेम्बरभित्र प्रधानमन्त्रीको चीन भ्रमण हुने सम्भावना छ, मिति भने तय भइसकेको छैन,’ स्रोतले भन्यो। स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि चीनस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ। ‘भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको छ,’ स्रोतले भन्यो। सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भदौ ३ मा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन्। त्यतिबेला उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले असोज ६ मा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाने क्रममा न्युयोर्कमा मोदीसँग आधा घण्टा साइडलाइन भेटवार्ताका क्रममा पनि ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यसको केही समयमा मोदीको धार्मिक भ्रमण हुने संकेत पाएको नेपाल सरकारले भ्रमणको तयारी गरेको थियो। मोदीले प्युठानको स्वर्गद्वारीको दर्शन गर्ने इच्छा व्यक्त गरेको संकेत पाएपछि त्यहाँ अर्को हेलिप्याड बनाइएको थियो। पहिले एउटा मात्रै हेलिप्याड रहेकोमा पछि अर्को पनि बनाइएको थियो। ‘स्वर्गद्वारीको दर्शन गर्न मोदी आउँछन् कि भनेर दुईवटा हेलिप्याड बनाइयो तर उनी आउने अवस्था देखिएन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।

ओली नेतृत्वको सरकार गठनपछि भारतबाट विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए। उनको भ्रमणका बेला पनि मोदीले नेपालमा धार्मिक भ्रमण गर्ने इच्छा राखेको बताइएको थियो। विदेश सचिव मिश्रीको भ्रमणपछि मात्रै परराष्ट्रमन्त्री डा। देउवाले भारतको औपचारिक भ्रमण गरेकी थिइन्। भेटकै क्रममा मन्त्री राणाले मोदीलाई ओलीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण पनि गरेकी थिइन्। तर नेपालमा तत्कालै मोदीको भ्रमण हुने अवस्था नदेखिएको भारतीय मामिलामा जानकार राख्नु कूटनीतिज्ञहरू बताउँछन्।

त्यसैगरी प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला न्युयोर्कमै चिनियाँ विदेशमन्त्री वाङ यीसँग असोज ११ मा साइडलाइन भेटघाट भएको थियो। त्यसबेला चीन भ्रमणका विषयमा कुनै पनि कुराकानी भएको थिएन। भारत भ्रमण अनिश्चित भएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि तयारी थाल्न परराष्ट्र र चीन मामिलासँग जानकार रहेका कूटनीतिज्ञलाई आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीको रुचिबारे चिनियाँ रातदूतावास र चीन सरकारलाई अनौपचारिक रूपमा जानकारी भइसकेको छ। उनीहरूले सम्भवतः यही नोभेम्बरको समय मिल्न सक्ने बताएका छन्। चीनबाट शीर्ष नेताहरूको समय उपलब्ध छ भन्ने संकेत आइसकेको छैन,’ स्रोतले भन्यो।

२०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा निकै उपलब्धि भएको मानिएको थियो। २०७५ असारमा ओलीले प्रधानमन्त्रीका रूपमा भ्रमण गर्दा केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति भएको थियो। यसैगरी बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन गर्ने , कनेक्टिभिटीका मुख्य तŒवहरू सम्बोधन गर्दैै बन्दरगाह, रोड, रेल्वे, उड्डयन र सूचनालाई ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत व्यापक बनाउने, व्यावहारिक मापदण्डअनुसार समझदारीपत्रमा रहेका सबै क्षेत्रको प्रवर्धन गर्ने, नेपालको पूर्वाधार निर्माण र अन्य उत्पादनमूलक क्षेत्रमा अझै धेरै चिनियाँ लगानी प्राप्त गर्न नेपालका कानुन र नीतिहरूलाई सजिलो बनाउने, निवेदन, जग्गा, करसम्बन्धी र भिसा सजिलो बनाई लगानी अनुकूल वातावरण सिर्जना गर्ने र चिनियाँ कम्पनीहरूका लागि व्यापारको वातावरण बनाउनेजस्ता धेरै वटा विषय उल्लेख गरिएको समझदारीपत्रमा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमण भए अघिल्लो भ्रमणमा उल्लेख गरिएका विषयहरू कार्यान्वयनमा जाने अपेक्षा नेपाली पक्षले गर्ने जनाइएको छ।

Previous Post

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा न्यून आवेदन !

Next Post

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In