• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

by
८ कार्तिक २०८१,
0
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा (सुनसरी)। वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ। पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ।

वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोसी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन्। धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन्। यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो।’

सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ। नेपाली काँग्रेस इनरुवाका उपसभापति प्रदिप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायको समेत ध्यान नगएको बताउँछन्।

‘पूर्वमा कञ्चनगङ्घादेखि पश्चिममा लामटाङ हिमाल (गोसाईकुण्ड) सम्मको ठूलो भू–भागमा फैलिएको सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो। तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन्। त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ’, उनले भने।

सुनकोसी, दूधकोसी, इन्द्रावती, तामाकोसी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा बालुवा थुप्रिदै गएपछि नदीको गहिराई कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ।

सुनसरीको कोसी गाउँपालिका–६ का देवचन्द्र झाले कोसी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताए।

नदीको भूइँसतह माथि उठ्दै गएपछि नदीको बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोसी क्षेत्रका जानकार तथा पत्रकार बाबुराम कार्कीको भनाइ छ।

‘हिमाली र पहाडी क्षेत्रमा हुने भूक्ष्यका कारण समथर क्षेत्रमा फैलिएको कोसी नदी क्षेत्रको सतह वृद्धि भएको छ। थोरै मात्र पानीको मात्रा बढ्दा पनि बाढीले ठूलो रूप लिने गरेको छ’, उनले भने।

बराहक्षेत्र–९ का भिम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउँछन्।

‘पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ। नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ। बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हँुदै जादा यहाँ बालुवाका टापु बनेका छन्। पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन’, उनले भने।

इनरुवाका वरिष्ठ पत्रकार शशि कोइराला बाढीमा आउने बालुवाजन्य सामग्री थुप्रेर नदी निर्बाध बग्न नपाएकै कारण समस्या सिर्जना भइरहेको सुनाउँछन्। कोसी ब्यारेजको ढोकाले पूर्वीपहाडी जिल्लाबाट ल्याउने बालुवा, रुख, माटो, गेग्य्रान निर्वाध रूपमा बग्ने अवस्था नरहेको र त्यसरी थुप्रेका सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उनको भनाइ छ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ।

सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताए। नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ।

नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताए।

कोसी योजना विराटनगरका सम्पर्क तथा सह भू–आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोसी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउँछन्। समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘विसं २०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोसी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ’, पौडेलले भने।

सप्तकोसी नदीमा गत भदौ २४ गते राति छ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोसी ब्यारेजमाथि रोड भएर बगेको थियो। यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ।

Previous Post

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

Next Post

जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल

सम्बन्धित खबर

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन
आर्थिक

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

२८ अशोज २०८३,
कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस
आर्थिक

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

२८ अशोज २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
Load More
Next Post
जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल

जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In