काठमाडौं – नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले काठमाडौंका उपमेयर सुनिता डंगोलसँग भेट गरी नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले भएका पहलबारे छलफल गरेकी छन् ।
भेटका क्रममा राजदूत जोनस्टन र उपमेयर डङ्गोलबीच काठमाडौं र अष्ट्रेलियाका सहरहरूबीचको भगिनी सहर सम्बन्धको सम्भावनाको खोजी गर्दै यस्ता सहकार्यले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउन विषयमा छलफल भएको थियो ।
न्यानो स्वागतको लागि प्रशंसा व्यक्त गर्दै राजदूत जोनस्टनले भनिन्, ‘म हाम्रो घनिष्ट संलग्नतालाई निरन्तरता दिन र सहयोगलाई अझ गहिरो बनाउन थप अवसरहरू खोज्न तत्पर छु।’