• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त

by
६ कार्तिक २०८१,
0
मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ ।

उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिलाक्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।

कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवैसमुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् ।

“कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र ? अनि त्यसलगत्तै छठ ! यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिनले भने,“वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।”

बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा÷ चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ । बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिकले बताइन् ।

सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्वमागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् ।

कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौं महिनाअघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साचिएको समय हो । घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् । यसबेला बिक्ने आफ्नो सीपले ससाना नानीहरुको रहर पूरा गर्ने, नयाँ लुगा लइाइदिने, मिठोमसिनो खाने र वर्षभरिको नुनतेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुनेगरेका बर्दिबास–१ कै भोगेन्द्र मरिकले बताए ।

बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् । दीपावली र छठमा मात्र आपूmहरुको सीप बिक्ने गरेको यी दुवैजाति समुदायको समान पीडा छ । पुख्र्यौली पेसा र सीप पर्वबाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् । हाल ५० वर्ष सेरोफेरोका बिन र डोमको शेषपछि यहाँ बाँसका चोया काढेर टोकरी,मान्द्रा, डोका बनाउने भेटिन कठिन हुने चिन्ताले रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले पिरोलिएका छन् ।

बिन र डोम समुदायका पाँच दशकमाथिका उमेर समूहका मानिस चोया खेलाए आय आर्जनको आश गर्दैछन् । “बाबुबाजेले यही काम गरे, हामीले यही सिक्यौँयही दीपावली र छठको आश छ हामीलाई हो” रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले भने ।

“हाम्रो वर्षभरिको नगद खर्चको ब्यौंत (जोहो) गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाँइदैन” लोहारपट्टीको डठोरा बस्तीका रत्नेशर मरिक भन्नुहुन्छ, “ससाना नानीहरुको चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आशा गरेका हुन्छौं ।” अन्य बेला आफ्नो सीपको खासै माग नहुने हुँदा वर्षभरिको खर्चको जोहो पनि यसैबेला गर्नु पर्ने रत्नेशरले बताए ।

बाबुआमा काममा ब्यस्त भएसँगै समान बनाइ दिन भन्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “बाबु, दिबाली (दीपावली) मे हमरा फुटबल लादिहा” (बुबा, दीपावलीमा मलाई फुटबल ल्याइदिनु होला) पर्वका लागि माग भएका चोयाका समान बुनी रहेकी बर्दिवास–१ का भोगेन्द्र मरिकको छेउमै खेल्दै आइपुगेको आठ वर्षीय छोरा शिवु मरिकको माग छ ।

जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरुको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ । गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुँर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठ भने आपूmहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरु बताउँछन् ।महोत्तरीका सबै नगर, गाउँ–बस्तीमा सीमित सङ्ख्यामा यी जाति समुदायको बसोबास छ । यी दुवैको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र शैक्षिक अवसरमा निकै कम पहुँच छ ।

अवसर नपाएका सीमान्तकृत समुदाय, दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिएपनि यस्ता कार्यक्रमभने यी समुदायबीच खासै नपुगेकोे सामाजिक अभियानीहरुको टिप्पणी सुनिन्छ ।

सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसर नपाएका यी समुदायको उत्थानको काम हुन नसकेको सामाजिक संस्था ‘प्रयास’ अध्यक्ष प्रवीण कर्णले बताए ।

Previous Post

क्रिप्टो कारोबारीसँग रकम असुली घटनामा २ प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

Next Post

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In