• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

by
१४ पुस २०७९,
0
१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ पुस । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहीबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोलि शुक्रबार हुने आयोजकले जनाएको हो ।
प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स÷उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।

६५ डबल्स भेट्रान्स फाइनल थापाले जिते
१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्सतर्फ बिहीबार भएको ६५ वर्ष माथीको फाइनल खेलमा बिमल गुरुङ र हिमाल शाहको जोडीले कमल थापा र झम्पा घलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बिमल र हिमालको जोडीले ६–१ र ६–३ को सेटमा पराजित गर्दै जित उपाधि जित्न सफल भएका छन् ।

त्यस्तै ५५ वर्ष सिंगल्समा कृष्ण राज घलेले प्रदिप शाहलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने पोखराका अनिल तुलाचनले भारतीय खेलाडी एन दिलीप सिंहलाई ७–५, ७–५ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन् ।

४५ वर्ष माथी सिंगल्स÷डबल्स
४५ वर्ष माथीको डबल्सतर्फ निमा शेर्पा र भारतीय खेलाडी टि तुलेश्वर सिंहको जोडीले यज्ञ बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीलाई ७–५, ६–३ ले पराजित गरी फाइनलमा पुगेका छन् । त्यस्तै शरण गुरुङ र विकास गुरुङले सिजर गुरुङ र आशिष सिग्देललाई ६–३, ६–७, १०–४ ले पराजित गरी फाइनलमा निमा र टि तुलेश्वर संग उपाधिका लागि भिड्न् छन् ।

त्यस्तै ४५ वर्ष माथी सिंगल्समा शरण गुरुङले गोपी भट्टरालाई ६–१, ६–२ ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने रोहित सुनुवारले शिव सेढाईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । त्यस्तै भारतीय खेलाडी टिटी सिंहले महेश श्रेष्ठलाई ६–२, ५–७, १०–५ मा पराजित गरी अन्तिम चारको यात्रा शुरक्षित गरे भने विमल गुरुङलाई आशिष सिग्देलले वाक ओभर दिएका छन् ।

मेन्स पोखरा ओपन सिंगल्स÷डबल्स
१९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदीप खडकाले अन्तिम चारको स्थान पक्का गरेका छन् । बिहिबार भएको खेलमा सौगात विकलाई ७–५, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यस्तै अर्का खेलाडी रितिक रानाले प्रनभ मानन्धरलाई ६–३, ७–६ ले पराजित गर्दा, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ४–६, ६–१, ६–४ को संघर्षमय खेलमा पराजित गरी सेमीफाइनलको यात्रा तय गर्दा, प्रनभ खनालले नेहाल जङ्ग बहादुर थापालाई ६–०, ६–४ को सेटमा पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरे ।

यस्तै आज नै सम्पन्न मेन्स डबल्सतर्फको खेलमा निशान श्रेष्ठ र रितिक रानाको जोडीले अकी जुवेन रावत र राजविर प्रधानलाई ६–२, ७–६ ले, प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीले प्रनभ खनाल र अभिनव आचार्यलाई ३–१ को संघर्षपूर्ण खेलमा पराजित गरी फाइनलमा स्थान बनाएका छन् । नेपाल नं १ खेलाडी प्रदिप सम्मिलित जोडीले पहिलो सेट ३–६ ले गुमाउँदा दोश्रो सेट ७–६ र तेश्रो सेट १०–६ ले आफ्नो पक्षमा पार्दै डबल्सतर्फको उपाधि नजिक पुगेका छन् ।

उमेन्स सिंगल्स ओपन
उमेन्स सिंगल्सतर्फ नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले आयशा डोलकर गुरुङलाई ६–०, ६–१ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेकी छन् । त्यस्तै शुनिरा थापाले शुभाङ्गी शाहलाई ७–६, ६–२ ले पराजित गर्दा, प्रकृती श्रेष्ठले प्रशंसा मोक्तानलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने सर्भानी श्रेष्ठले श्रेया भट्टराईलाई ६–०, ६–० ले पराजित गरी अन्तिम चारमा पुगेकी छन् ।

३५ वर्ष माथी सिंगल्स÷डबल्स
प्रतियोगिता अन्तर्गत सम्पन्न कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–३ ले, जितेन्द्र परियारले विकाश गुरुङलाई ६–०, ६–० ले, चेवाङ लामाले सिमन्त गुरुङलाई ३–६, ७–५, ११–९ ले, सन्तोष खत्रीले अनिल साईलाई ६–४, २–६ र १०–४ ले पराजित गरी सेमीफाइनलमा पुगेका छन् ।

यसै गरी सोही उमेर समहुको डबल्सतर्फ भएको सेमीफाइनल खेलमा कमल भण्डारी यज्ञ बहादुरको जोडीलाई राजन पौडेल र लक्ष्मण थापाको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गर्दा जितेन्द्र परियार र चेवाङ लामाले सन्तोष खत्री र सिमन्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका छन् ।

यस्तै ६५ वर्ष माथी सिंगल्समा कमल थापाले डियोनम लामालाई ४–०, ४–१ ले र विदुर विष्टले विष्णु गुरुङलाई ५–३, ४–० को सोझो सेटमा पराजित गरी कमल थापा संग फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।

Previous Post

आहारारा गोल्डकममा धरानको विजयी शुरुवात

Next Post

विश्वसँग संलग्नतामा कुनै सम्झौता हुँदैनः खालिद हनाफी

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
विश्वसँग संलग्नतामा कुनै सम्झौता हुँदैनः खालिद हनाफी

विश्वसँग संलग्नतामा कुनै सम्झौता हुँदैनः खालिद हनाफी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In