• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

    मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

by
५ कार्तिक २०८१,
0
के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन्।

सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’ को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गरेका थिए ।

केही वैज्ञानिकहरू पहिले नै नोबेलको योग्य एआई सहकर्मी सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्, यस वर्षको पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिनेछ।

स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेशिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार वास्तवमा विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ छन् । सन् २००९ मा किङले एक अनुसन्धान पत्र प्रकाशित गर्दै उनी र उनका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेशिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए ।

“हामीले एउटा रोबोट निर्माण गर्यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो, नयाँ वैज्ञानिक विचारहरू सिर्जना ग¥यो र तिनीहरूको परीक्षण गर्यो र ती सही थिए भन्ने पुष्टि पनि ग¥यो,” किङले एएफपीसँग भने ।

त्यो रोबोट स्वायत्त रूपमा परिकल्पनाहरू स्थापित गर्न बनाइएको थियो । त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटहरूलाई प्रक्रियागत रूपमा सिक्न र दोहो¥याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो ।

–‘उपलब्धि सामान्य भएपनि तुच्छ होइनन्’ –

‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो।

रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए। पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो।

किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यस पहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन् । “रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन् । उनीहरू २४ सै घण्टा काम गर्छन्”, उनले भने, “उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन्।”

तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकार्न भनेकाे उनले भने, “त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।”

– एआई पुरस्कारका लागि धेरै टाढा –

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेशा सुरक्षित रहेको बताए । उनले एएफपीसँग भने, “वैज्ञानिक परम्परा चाँडै नै मेशिनले कब्जामा लिन सक्ने अवस्थामा छैन।”

“यद्यपि, यसको मतलब यो ‘असम्भव छ’ भन्ने होइन, यो ‘निश्चित रूपमा’ स्पष्ट छ कि एआईको विकास भइरहेको छ र विज्ञान कसरी सञ्चालन गरिन्छ भन्नेमा प्रभाव पर्नेछ।”

यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीपमाइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो । यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटीनको त्रि–आयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ।

“हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटीनको अन्तिम त्रि–आयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेशिनको सिकाइ प्रयोग गर्न सक्दछौं,” स्ट्रम्केले भने।

उनले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताए । उनले भने, “हामीसँग यस्तो उपकरण छ, जसले कुनै पनि मानिसले गर्न नसक्ने काम गरेको छ ।”

स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ।“तिनीहरू ठूलो मात्रामा जानकारी सङ्कलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन।”

त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि यसले हामीलाई माइक्रोबायोलोजीबारे केही पनि सिकाउँदैन,” स्ट्रम्केले भने ।

– एआईद्वारा सहायता प्राप्त –

स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन । तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको छ।

गुगल डीपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन् ।

सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो ।

अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ।

साथै, एआईद्वारा सहायता प्राप्त अनुसन्धानले सबैभन्दा प्रतिष्ठित विज्ञान पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ।

पेन्डलबरीले एएफपीसँग भने, “आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ । वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ । अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ ।” एजेन्सीको सहयोगमा

Previous Post

आयुर्वेदका अनुसार खानामा हुनुपर्छ यी छ रस

Next Post

धर्मा प्राेडक्सनमा करण जोहरसँग अदार पूनावालाकाे सहकार्य

सम्बन्धित खबर

बागलुङमा कुकुरलाई ‘होस्टेल’
आवाज

बागलुङमा कुकुरलाई ‘होस्टेल’

१७ असार २०८३,
मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित
आर्थिक

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

१७ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

१७ असार २०८३,
अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
Load More
Next Post
धर्मा प्राेडक्सनमा करण जोहरसँग अदार पूनावालाकाे सहकार्य

धर्मा प्राेडक्सनमा करण जोहरसँग अदार पूनावालाकाे सहकार्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In