• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साइबर अपराधबाट बच्चालाई कसरी बचाउने ?

by
३ कार्तिक २०८१,
0
साइबर अपराधबाट बच्चालाई कसरी बचाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पछिल्लो समय साइबर अपराध निकै बढेको देखिन्छ । काठमाडौँ भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने डरलाग्दो स्थिति देखिन्छ ।

ब्युरोको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कलाई हेर्ने हो भने मा झन्डै नौ हजार वटा उजुरी परेका थिए । आर्थिक वर्षको अन्त्यसम्ममा १५ हजारको हाराहारीमा उजुरी परेका थिए । पछिल्लो आर्थिक वर्षमा यो सङ्ख्या बढेको छ ।

नक्कली फेसबुक अकाउन्ट खोलेर रोजगारीको अवसर खुलेको भन्ने अनि फिजिकल फिटनेसको जाँच गर्नुपर्छ भनेर माग्ने, नग्न फोटो र भिडिओको आडमा ब्ल्याकमेल गर्ने, नाबालिकाको फोटो प्रयोग गरेर अश्लील क्याप्सनसहित नक्कली पहिचानमा सामाजिक सञ्जालमा राखिदिने र पीडितका आफन्तहरूलाई त्यस्ता सामग्री पठाएर धम्की दिने, सामाजिक सञ्जालमा साथी बनाएर गोप्य फोटो र भिडिओ साटासाट गर्ने अनि सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीभाइकहाँ पठाइदिने जस्ता थुप्रै साइबर क्राइमका मुद्दाहरू ब्युरोमा आएका देखिन्छन् ।

त्यसकारण बालकालिकाहरुका लागि त झनै सामाजिक सञ्जाल र इन्टरनेटले बढी प्रभाव प्रभाव पारेको देखिन्छ । इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै पोर्न फिल्म हेर्ने प्रवृत्ति समेत बढ्दै गएको छ ।

यसले ठूलो सङ्ख्यामा अपराधलाई प्रोत्साहन गरिरहेको देखिन्छ । यसको पहुँच बच्चासम्म समेत पुग्न सक्छ । त्यसकारण बच्चालाई यसबाट जोगाउन अभिभावकहरूले बेलैमा सचेत हुन अति आवश्यक छ ।

साइबर अपराधबाट बच्चालाई जोगाउने उपायहरू 

इन्टरनेट प्रयोगमा निगरानी

बालबालिकाको इन्टरनेट प्रयोगमा निगरानी गरिराख्नुपर्छ । उनीहरू चलाउने वेबसाइटहरू केके हुन्, ती साइटहरू कति सुरक्षित छन् भन्ने कुरामा अभिभावकहरू सुनिश्चित हुनुपर्छ । बालबालिकाका लागि उपयुक्त सामग्री हेर्न अभिभावकले नियन्त्रण र फिल्टरिङ सफ्टवेयर प्रयोग गर्नुपर्छ । बालबालिकालाई अनलाइन सुरक्षाको बारेमा सिकाउनुपर्छ । तिनीहरूलाई कुनै पनि अपरिचितहरूसँग अनलाइन अन्तरक्रिया नगर्न र कुनै पनि व्यक्तिगत जानकारी साझा नगर्न बेला बेलामा सुझाव दिनुपर्छ । अपरिचित व्यक्तिहरूसँग अनलाइन फोटोहरू वा भिडियोहरू साझेदारी गर्नु खतरनाक हुन सक्छ भनेर सतर्क गराउनुपर्छ ।

बच्चाहरूसँग खुल्ला संवाद

केटाकेटीहरूसँग नियमित रूपमा अन्तरक्रिया गर्नुको साथै उनीहरूले अनलाइन के गरिरहेका छन् भनेर ध्यान दिनुपर्छ । यदि तिनीहरू कुनै शङ्कास्पद सामग्री वा व्यक्तिको सम्पर्कमा आएमा त्यसबारे अभिभावक वा शिक्षकलाई तुरुन्तै बताउन प्रोत्साहन गर्नुपर्छ । साथै बालबालिकाका लागि उपयुक्त हुने एप र गेमहरू प्रयोग प्रोत्साहन गर्नुपर्छ । यदि कुनै एप वा गेम शङ्कास्पद वा अनुपयुक्त सामग्री प्रदर्शन गरिरहेको छ भने यसलाई तुरुन्तै ब्लक गरिहाल्नुपर्छ ।

तुरुन्तै रिपोर्ट गर्ने 

यदि तपाईँले कुनै शङ्कास्पद सामग्री वा गतिविधि देख्नुभयो भने सम्बन्धित वेबसाइट वा प्लेटफर्ममा रिपोर्ट गरिहाल्नुपर्छ । धेरै प्लेटफर्महरूमा आपत्तिजनक बाल पोर्नोग्राफी कानुनद्वारा दण्डनीय छ भनेर आमाबाबुलाई रिपोर्ट गर्न र ब्लक गर्ने सुविधा प्रदान गरिएको हुन्छ । बालबालिका यसबाट पीडित भएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराई कानुनी कारबाहीको प्रक्रियामा जानुपर्छ ।

मनोचिकित्सकसँग सल्लाह लिने

यदि बच्चालाई कुनै प्रकारको मानसिक वा भावनात्मक दुर्व्यवहार भएको छ भने तुरुन्त मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । बालबालिकालाई चाइल्ड पोर्नोग्राफी, साइबर अपराधबाट जोगाउन अभिभावक, शिक्षक र समाजका सबै सदस्यको सक्रिय भूमिका आवश्यक रहन्छ । डिजिटल संसारमा बालबालिकालाई सुरक्षित राख्नु सबैको साझा जिम्मेवारी हो । यसका लागि सही शिक्षा र अनुगमनको अति आवश्यक छ ।

Previous Post

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

Next Post

विष्णु पाैडेलले सम्हालेकाे तीन महिनामा के-के गर्‍याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
विष्णु पाैडेलले सम्हालेकाे तीन महिनामा के-के गर्‍याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि

विष्णु पाैडेलले सम्हालेकाे तीन महिनामा के-के गर्‍याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In