• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दुई महिनामा आयात १.१ प्रतिशतले वृद्धि

by
३० अशोज २०८१,
0
दुई महिनामा आयात १.१ प्रतिशतले वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षको भदौमा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत भएको छ ।  नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ; जुन अघिल्लो आवको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

आयात निर्यात

चालु आव २०८१/८२ को दुई महिना (साउन–भदौ) मा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २६२ अर्ब ५४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य देशबाट भएको आयात व्रmमशः ०.१ प्रतिशत र ५१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, वस्तुको आयात बढेको छ भने सुन, एमएस विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर तथा नेपालगन्ज भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको बताइएको छ ।

आव २०८१÷८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई २३७ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी २९ अर्ब ९३ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ अर्ब १४ करोड बराबर थियो ।

चालु आवको दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब नौ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । भारततर्फ ४.५ प्रतिशत, चीनतर्फ ४५.३ प्रतिशतले कमी आएको छ ।

खर्च तथा राजस्व

चालु आवको दुई महिनामा नेपाल सरकारको कुल खर्च १३७ अर्ब ५५ करोड रुपियाँ रहेको बैङ्कको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा चालु खर्च ८२ अर्ब ९९ करोड, पुँजीगत खर्च १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च ३९ अर्ब ६७ करोड रुपियाँ रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १६६ अर्ब ३९ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व १४५ अर्ब १९ करोड र गैरकर राजस्व २१ अर्ब १९ करोड परिचालन भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारसँग भदौ मसान्तमा नेपाल राष्ट्र बैङ्कमा रहेका सरकारका विभिन्न खातामा २६९ अर्ब ५३ करोड नगद मौज्दात छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड थियो ।

चालु आवको भदौ महिनामा मात्र एक खर्ब २६ अर्ब २१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा भएको आप्रवाह अघिल्लो आवको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो । त्यसमध्ये डलरमा आएको रेमिट्यान्स एक अर्ब दुई करोड रुपियाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।

दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

Previous Post

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै

Next Post

डडेल्धुरा बस दुर्घटना : उद्धारमा सेना सहितको टोली

सम्बन्धित खबर

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
Load More
Next Post
डडेल्धुरा बस दुर्घटना : उद्धारमा सेना सहितको टोली

डडेल्धुरा बस दुर्घटना : उद्धारमा सेना सहितको टोली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In