• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलजन्य विपद्ःपूर्वसूचना प्रणालीले समुदाय जोगायो

by
२७ अशोज २०८१,
0
बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर, २७ असोजः हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् । पूर्वतयारीकै कारण कैलालीमा बाढीका कारण हुने क्षति कम गर्न सहयोग मिलिरहेको संरक्षणकर्मी बताउँछन् ।

हरेक वर्षको बाढीले आजित भजनीका बासिन्दाले सचेत भई गरेको पूर्वतयारीले जनधनको क्षति जोगाएको छ । यो वर्ष भजनी चार पटक बाढीको चपेटमा प¥यो, सबै वडा डुबानमा परे तर पूर्वतयारीका कारण ठूलो क्षति भएन ।

गत भदौ ६ गतेको बाढीले भजनीका सबै वडा डुबानमा परे । बाढीले चार हजार बढी परिवार प्रभावित भए । पूर्वतयारीमा सचेत भएकाले घर डुबानमा परे पनि अधिकांशले आफ्ना सरसामान, अन्नपात सबै वस्तु सुरक्षित स्थानमा सार्न सफलता मिलेको भजनी–८ सोनाहाफाटाका संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ । “विगतमा बाढी आउँदा पूर्वसूचना प्रणाली नभएकाले मानिसको ज्यानसमेत गएको थियो”, उहाँ भन्नुहुन्छ, “यहाँका हरेक मानिसलाई पूर्वानुमानमा आधारित सूचनाको ज्ञान छ । वर्षा हुन थालेपछि पूर्वतयारीमा बस्छन्, त्यसैले क्षति कम हुने गरेको छ ।”

संरक्षणकर्मी ढुङ्गानाका अनुसार ठूलो बाढी आए पनि घर खेतमा मात्र क्षति हुने गरेको छ । “पूर्वसूचना प्रणालीले मानिसलाई सचेत बनाउँदा उच्च स्थानमा घर बनाउने, अति आवश्यक सरसामानको सुरक्षा गर्ने परम्परा बसेको छ”, उहाँ भन्नुहुन्छ, “मानिस सचेत नभए पालिकाले मात्र के गर्न सक्छ र ? यहाँका सर्वसाधारण बाढीका समयमा सडकमै महिनौँ बिताउने गरेका छन् । त्यहाँ पनि कसरी बस्ने भन्नेबारे सचेत छन् ।”

भजनीका निर्मला कार्की पनि पूर्वतयारीबारे जानकारी भएकाले सुरक्षित रहन सम्भव भएको बताउनुहुन्छ । “बाढीसम्बन्धी मोबाइलमा आउने म्यासेज, स्थानीय पालिकाको फेसबुक पेज हेर्ने, रेडियो सुन्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सूचनामा समुदायले विश्वास गर्छ । विगतमा विश्वास नगर्दा केही वर्षअघि बाढीमा तीनजनाको ज्यान गएको भुलेका छैनौँ । बाढीको जोखिमबारे ज्ञात हुनेबित्तिकै हामी हुलाकी सडकमा गइहाल्छौँ ।”

भजनीकै पदम चौधरी पनि पूर्वानुमानमा आधारित सूचना नियमित हेर्ने गर्नुहुन्छ । उहाँलाई पनि सूचनाले ठूलो मद्दत गरेको छ । “ हरेक वर्ष बाढीले बाली नोक्सान गरेको छ”, उहाँ भन्नुहुन्छ, “पूर्वसूचनाका कारण हामी भने सुरक्षित छौँ । आफूसँग भएका अत्यावश्यक सरसामान, खाद्यान्न जोगाउने गरेका छौँ ।”

टीकापुर–८ वनगाउँका पूर्वसूचना समितिका संयोजक रामकृष्ण चौधरी पूर्वसूचना नभएमा धनजनको क्षति हुने भएकाले तटीय क्षेत्रमा पूर्वसूचनाको महत्व बढिरहेको बताउनुहुन्छ । “खासगरी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना अत्यावश्यक छ”, उहाँ भन्नुहुन्छ, “विपद्को क्षति कम गर्ने सजिलो उपाय पूर्वसूचना नै हो ।”

टीकापुर–८ कै मङ्गली थारूको विगतमा पूर्वसूचना नपाएर धेरै क्षति बेहोरेको अनुभव भए पनि अहिले पूर्वानुमानमा आधारित पूर्वसूचनाले धेरै सहज भएको बताउनुहुन्छ । “मौसम पूर्वानुमानसम्बन्धी तीनदिने र सातदिने सूचनाले समुदायलाई सुरक्षित रहन धेरै सहयोग मिलेको छ”, उहाँ भन्नुहुन्छ, “यसवर्ष पनि केही वडामा बाढी पस्यो, हामीले पूर्वसूचना पाएका कारण खाद्यान्न सुरक्षित गर्न भ्यायौँ । समयमै सूचना नपाएको भए यो सम्भव थिएन ।”

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने मोहना, पथरैया र कर्णाली नदीका विभिन्न क्षेत्रमा राखिएका जलसतह मापन केन्द्र राखिएका भए पनि सूचना कम हुने गुनासो बढेकाले त्यसलाई सम्बोधन गर्नुुपर्ने बताउनुहुन्छ । “समुदायमा रहेका मापन केन्द्रमा विगतमा सङ्घसंस्थाले सूचना दिने मानिसको खर्च बेहोरेका थिए । अहिले सङ्घसंस्थाको सहयोग नहुँदा स्थानीयस्तरमा सूचना दिने मानिस छैनन्”, वडाध्यक्ष न्यौपाने भन्नुहुन्छ ।
पूर्वसूचनामा लगानी गरेमा पछि खोज तथा प्रतिकार्यमा खर्च नपर्ने भएकाले सूचना प्रवाहलाई बढी जोड विपद् प्रतिकार्यमा बढी लगानी गर्नुभन्दा पूर्वसूचनामा काम गर्नुपर्छ भनिरहेका छौँ”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले समुदाय निकै सचेत भएको छ । समुदायका हरेकले मौसमसम्बन्धी सूचनामा ध्यान दिने गरेका छन् ।”

गत असार २३ गते टीकापुर नगरपालिकामा समेत बाढीले वडा नं ६ र ७ मा डुबान भएको थियो । समुदाय पूर्वतयारीमा सचेत भएकाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई खबर गरे । पालिका, प्रहरी र स्थानीय मिलेर खाद्यान्न, लुगाकपडा र वस्तुभाउ पनि सुरक्षित स्थानमा ल्यायौँ”, नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भन्नुभयो, “करिब तीन दिनसम्म बस्तीमा फर्कने अवस्था थिएन, पूर्वतयारीमा लगानी बढाएका र समुदाय सचेत भएकै कारण यो सम्भव भएको हो ।”

भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने पालिकामा एकै वर्ष चारपटक बाढी आइसकेकाले पालिकाले हजारौँ परिवारलाई राहत दिन नसक्ने भएकाले पूर्वतयारीमा बढी लगानी गरिरहेका बताउनुहुन्छ । “विस्थापितलाई केही छाक खाना, पानीसम्म पालिकाले गर्न सक्छ, सबै वडा जलमग्न हुने भएकाले समस्या छ”, उहाँ भन्नुहुन्छ, “हामीले राहत, उद्धारमा लगानी गर्न नसक्ने भएकाले पूर्वतयारीमा समुदाय सचेत बनाउने काम गरेका छौँ । समुदाय सचेत भएकाले केही सहज भएको छ ।”

जल तथा मौसम विज्ञान विभाग, महाकाली ‘बेसिन फिल्ड’ कार्यालय अत्तरियाका कार्यालय प्रमुख सञ्जय शाह जलमापन र वर्षामापन केन्द्रलाई स्वचालित बनाउने काम भइरहेको बताउनुहुन्छ । “अहिले राम्रो भइसकेको अवस्था छ । सुदूरपश्चिममा रहेका ३१ वटा जलमापन केन्द्र पहिला ‘म्यानुअल’ मात्र रहेकामा हाल अटोमेटिक बनाइएका छन्”, शाह भन्नुहुन्छ, “त्यहाँ सतर्कता तह र जोखिम तहको ‘लेभल सेटअप’ गरिएको छ ।”
कार्यालय प्रमुख शाहका अनुसार मोहना र खुटिया नदीमा ११ वटा वर्षामापन केन्द्र र १० वटा जलमापन यन्त्र जडान भएका छन् । हाल ती सञ्चालनमा छैनन् । सञ्चालन भएपछि सुदूरपश्चिममा ४२ वटा जलमापन र वर्षा मापन ८९ हुनेछन् । चालीस बढी वर्षा मापन केन्द्र स्वचालित छन् ।

Previous Post

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In