बिहान उठेपछि मुख धोएरमात्र अरु काम गर्ने आम नेपालीको पहिचान हो । स्वास्थ्य तथा सरसफाइका हिसाबले पनि दैनिक मुख धुनुपर्छ । सबैभन्दा पहिले त हरेक मानिसको अनुहार अरुको नजरमा पर्छ ।
राम्रो, नराम्रो, दाग वा खत भएको, नभएको आदि ।
शरीरको यति संवेदनशील भाग अनुहार दैनिक सफा गर्नुपर्छ । त्यसका लागि बिहानै उठेपछि मुख धुनु एकदमै राम्रो बानी हो । तर अनुहार सफा गर्दा भने ध्यान पु¥याउनै पर्छ ।
थोरै मात्राको असावधानीले अनुहारमा हानी पनि पुग्नसक्छ ।
अनुहारलाई राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा निम्न कुरामा ध्यान पु¥याउन आवश्यक छ —
१ मुख सधैँ मन तातो पानीले विस्तारै हलुकासँग धुने गर्नुपर्छ ।
२. मुख धोइसकेपछि नरम र सफा कपडाले हलुकासँग अनुहार पुछ्नुपर्छ ।
३. फेसवास अथवा साबुन पानीले धुँदा पनि धेरै रगड्नु हुँदैन ।
४. अनुहारको मसाज गर्दा कुनै हतार नगरी गुणस्तरयुक्त तेलको प्रयोग गरी ध्यान दिएर गर्नुपर्छ ।
५. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
६. अनुहार तथा छालालाई हानी पु¥याउने खालका कुनै पनि उत्पादनको प्रयोग गर्नु हुँदैन ।













