• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

by
२१ अशोज २०८१,
0
बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

k'gMlgdf{0fkl5sf] af/kfs ufpF uf]/vf, @) c;f]h M P]ltxfl;s tyf ko{6sLo uGtJosf] ?Kfdf lrlgg] uf]/vfsf] af/kfs ufpFdf . af/kfsdf e'sDKfkl5sf] k'gMlgdf{0fsf qmddf af/kfssf df}lns lrgf/L af]]s]sf] 9'ªuf / sf7n] dfq ag]sf 3/x? b]lvg 5f8]sf 5g . tl:j/ M bLks >]i7÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा पर्.यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउँछन् । ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उनी भन्छन् ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भने ।

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्छन्, ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।’’

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् । भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ ।

पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन । परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ ।

पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घले बताउनुहुन्छ । ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घरहरु जोगाउन सकेनौँ । भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो । कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनःनिर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उनले भने ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्छन्, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन् । अब बारपाक परम्परागत बारपाक रहेन । अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ ।’’

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताए । ‘‘बारपाकले नयाँ स्वरुप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ । थुप्रै पर्यटकीय आर्कषणले साँच्चै बारपाक सिँगारिएको छ’’, उनले भने ।

बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

Previous Post

आफै खाजामै ठगियो कास्की जिल्ला प्रशासन

Next Post

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

सम्बन्धित खबर

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
Load More
Next Post
इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In