• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’

by
२० अशोज २०८१,
0
‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।

यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बीपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युत्का ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिए।

बाढी प्रभावित क्षेत्रमा भएका क्षति तथा राहत र पुनःनिर्माणका विषयमा केन्द्रित रही राससका प्रतिनिधिले राखेको जिज्ञासा उनीहरूले आ–आफनो क्षेत्रमा मानवीय तथा भौतिक पूर्वाधारमा भएका क्षतिको विवरण संकलन तथा राहत वितरणलगायतका प्राथमिकताबारे व्यक्त गरेको धारणाको सम्पादित अंशः

सडक पहुँच पहिलो प्रथमिकतामा राखेको छुः दिनेश लामा, अध्यक्ष रोशी गाँउपालिका

मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मतसम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित नभएसम्म केही नहुँदो रहेछ । विद्युत्को ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन । त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसैँअघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ । बाढीपहिरोमा रोशी गाउँपालिका मात्रै १२ को मृत्यु भएको छ ।

भौतिक पूर्वाधारतर्फ दश शय्याको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन्भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ । त्यहाँको भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन्त झल्कने रोशीको तटीय क्षेत्रमा रहको डम्फु सङ्ग्रहालय र पार्क पनि बगेको छ ।

बाढी र पहिरोबाट पालिकाभित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् । रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर भित्र्याउन ठिक्क परेका मकैमा नोक्सानी पुगेको छ । रोशीलगायत खोला र खहरले धानबालीमा पुर्‍याएको क्षतिको आंकलन गर्न सकिने अवस्था नै छैन । एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ, पुरेको छ ।

निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पतिको क्षति मात्रै पनि अर्बौं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिकग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति अनुमान गर्न सकिन्छ । निजी सम्पत्ति पनि सोही हाराहारीमा नोक्सानी भएको छ ।

प्राकृतिक विपद्पछि आउँदै गरेका दसैँलगायत चाडबाड यस पटक खल्लो हुने भएको छ । कतिपय स्थानमा चामलसमेत पुर्‍याउन सकिएलाजस्तो लाग्दैन । तथापि कोसिस भने जारी छ । तुलनात्मक रुपमा बाढीले फलामे साँगु, नारायणटार र नार्केमा बढी तहसनहस बनाएको छ ।

बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पुर्‍याउने काम तदारुकताका साथ भइरहेका छन् । विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन् । उनीहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पुर्‍याएको छ । अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याउन स्थानीय सरकार प्रदेश र सङ्घ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि सङ्घ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ ।

बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । गड्तिर भेगका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ । स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।

यस विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । पालिकाभित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसैँ लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर प्रश्न उठेको छ । यो ठूलो समस्या हो ।

बाढीले मुहान बगापछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छभने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तिकै छ । बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मुहान सफा गरी पानी वितरण गरिए पनि उपलब्ध पानी गुणस्तरीय र शुद्धताको प्रश्न रहन्छ । यस पटक दसैँलगायत चाडपर्व अघिल्ला वर्षजस्तै हर्षोल्लास नभई खल्लो हुने स्वतः पूर्वानुमान गर्न सकिन्छ ।

बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत् आपूर्ति हुन सक्छ ।

सुनकोशी गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले नोक्सानी पुर्‍याएको छ । स्थानीय तहले १० वर्षसम्म भित्र आधारभूत रुपमा सबै काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको थियो । तर यस पटकको बाढीले त्यो योजना चकनाचुर बनाइदियो । फेरि शून्यदेखि सुरु गर्नुपर्ने अवस्था आएको छ ।

बीपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने भयो स् शङ्करराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका

खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् । बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिब्रिज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ ।

पहिलो चरणको तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।

सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेको छ ।

बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पुर्‍याएको छ । त्यसबाट खुर्कोटको बजार क्षेत्र, हैवारबेँसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् ।

यस पटकको विपद्बाट पालिकाभित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता सङ्कटउन्मुख घरको सङ्ख्या डेढ समय माथि रहेका छन् ।

बाढीबाट बढी प्रभावित खुर्कोट बजारमा व्यपार–व्यवसाय गर्ने व्यक्ति स्थानीय नभई अन्य जिल्लाका भएकाले उनीहरूलाई हामीले तीन दिन मेस चलाएर खाना खुवाइयो । पहिलो चरणको राहत पाएपछि उनीहरू आफ्ना स्थायी बसोबास भएको ठाउँमा फर्किए। बाँकी रहेका व्यक्ति पनि बजार वरपर रहेका आफ्ना पुराना घर सफा सुग्घर गर्दै छन्। यस पटकको दसैँ त्यही पुरानै घरमा मनाउनेजस्तो देखिएको छ ।

भौतिक पूर्वाधारका क्षेत्रमा बढी नोक्सान भनेको खुर्कोट बजार नै हो । दसैँ नजिक बाढी आएकाले व्यापारीले धेरै सामान खरिद गरेर राखेका थिए । त्यसमा ठूलो नोक्सानी भयो । डुबानमा परेका घर बस्न योग्य छैनन् । बढीपहिरोबाट पालिका भित्रका खेतमा लगाएको धानबाली पुरिएर नोक्सानी भएको छ । धानबाली नै खतम भएकाले वर्षभर के खाने भन्ने किसानलाई चिन्ता छ । खेत सफा गर्दिएर अर्को बालीनाली लगाउने वातावरण बनाउने र यातायात सञ्चालन गर्नुपर्ने चुनौती छ ।

अर्कातर्फ बीपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढङ्गबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

Previous Post

प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

Next Post

नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात

नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In