• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लेखक खगेन्द्र संग्रौलासँग प्रेम वार्ता

by
११ पुस २०७९,
0
लेखक खगेन्द्र संग्रौलासँग प्रेम वार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’

मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला ? मलाई पिरलो लागि रह्यो ।
जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो । मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुलपढ्नु पथ्र्याे । ९–१० कक्षा पढ्दामलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो ।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ ।

स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्याे । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत् म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपी कतिपय कुरा बहेरमुखी , कता वाकपटु जस्तो पनि देखिन्छु । यो समाजको लागि म अभद्र किन देखिने ? अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो ।

मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामाथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो । मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्यादिने सर्त भयो । तर पर्याउँने कसरी ।चिठी लेखियो, खाममा पनि हालियो । अर्काे फसाद पर्याे । सल्लेरीको नजिबाट त्यो केटी आउँने । उसँग अरुपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्याे । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसार्इं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थिए । म विहानको स्कुलको प्रर्थनमा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतिक्षामा त छैन ? उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो ।

पत्रको त प्रतिक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् । पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वारुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापी केही थियो ।अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट साट्ने वाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो ।

अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्दारका कारणले पनि हो ।तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ ।उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्दार भयो ।

 

Previous Post

पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुदकोे रौनक

Next Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In