• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ ः कांग्रेस महामन्त्री गगन थापा

by
११ पुस २०७९,
0
नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ ः कांग्रेस महामन्त्री गगन थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे। पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’

महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए। केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्यांग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ।’

उनले हिजोदिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोखे। ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको।’ अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो । वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो।’

कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे। ‘एउटा पुर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ।’

छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने।

उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे।

छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो।
‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने। यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए।

Previous Post

‘कथामा जीवनको प्रतिबिम्ब’

Next Post

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्

सम्बन्धित खबर

कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
Load More
Next Post
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In