काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ खुवाएकी हुन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा उनले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।
प्रचण्ड एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।













