• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा निर्वाचन शुरू: ३ राज्यमा अर्ली भोटिङ, पहिलो दिन नै उत्साहजनक मतदान

by
५ अशोज २०८१,
0
अमेरिकामा निर्वाचन शुरू: ३ राज्यमा अर्ली भोटिङ, पहिलो दिन नै उत्साहजनक मतदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचनको दिन आउन अझै ४५ दिन बाँकि छ । तर, तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने आज शुक्रबारदेखि नै अर्ली भोटिङ सुरू भएको छ ।अर्ली भोटिङको पहिलो दिन उत्साहजनक रूपमा मतदाताहरूको सहभागिता देखिएको छ ।

अमेरिकाको पूर्वीमध्य भागमा अवस्थित भर्जिनिया राजधानी वासिङ्टन डीसीसँगै जोडिएको छ भने मध्यपश्चिमका मिनेसोटा र साउथ डकोटा क्यानाडासँग जोडिएका छन् । राजनीतिक रूपमा भर्जिनिया र मिनेसोटा डेमोक्रेट बहुल नीला राज्य हुन् । तर, रिपब्लिकन बहुल साउथ डकोटा  भने रातो राज्य हो । भर्जिनियामा १३, मिनेसोटामा १० र साउथ डकोटाको ३ इलेक्ट्रोल कलेज मत छ । अमेरिकामा धेरै मत ल्याउने उम्मेद्वारले जित्दैन । जित्नका लागि विभिन्न राज्यमा विभाजित इलेक्ट्रोल कलेज मत बढी ल्याउनु पर्छ । जीतका लागि २७० इलेक्ट्रोल कलेज मत आवश्यक हुन्छ ।

यसपटकको चुनावमा सुरूमा दुई वृद्ध डोनल्ड ट्रम्प (७८) र जो बाइडेन (८१) राष्ट्रपति उम्मेद्वार थिए। त्यतिबेला भर्जिनिया र मिनेसोटाको नीलो रङ खुइलिएर फिक्का भएको थियो। तर, डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनको ठाउँमा कमला ह्यारिस (५९) उम्मेद्वार भएपछि यी दुबै राज्य पुन: नीला भए । मिनसोटाका लोकप्रिय गभर्नर टिम वाल्स डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदेवार भएकाले यो राज्य त गाढा नीलो भएको छ। भर्जिनियामा पनि डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस  प्रतिद्वन्दी डोनल्ड ट्रम्पभन्दा धेरै अगाडि छन्। चुनावी पोलहरूको औसतमा उनी १२ अंकले अगाडि देखिन्छिन्।

अमेरिकामा हुलाकबाट मतदान गर्ने मेल इन ब्यालेट, निर्वाचनको दिन अगाडि नै मतदान केन्द्रमा गएर मतदान गर्ने अर्ली भोटिङ, निर्वाचनकै दिन गरिने मतदान र एब्सेन्टी ब्यालेट मार्फत् गरिने मतदान गरी चार  माध्यमद्वारा मतदान गरिन्छ । सबै राज्यमा निर्वाचनको दिन नोभेम्बर महिनाको पहिलो मंगलबार नै भए पनि अर्ली भोटिङ र मेल इन ब्यालेट कहिले र कसरी गर्ने बारेमा भने राज्यहरूका निर्वाचन कार्यालय नै निर्णय गर्छन् । अपवादका रूपमा मिसिसिपी, अलाबामा र न्यू ह्याम्पसायर राज्यमा भने अर्ली भोटिङ हुँदैन ।

अमेरिकाले आगामी नोभेम्बर ५ मा आमचुनाव हुँदैछ। चुनावमा डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र रिपब्लिकन राष्ट्रपति उम्मेद्वार डोनल्ड ट्रम्पबीच देशको ४७औं राष्ट्रपतिका लागि तीब्र प्रतिस्पर्धा छ। ट्रम्प अमेरिकाका ४५औं राष्ट्रपति हुन् भने कमला अमेरिकाकै पहिलो उपराष्ट्रपति महिला हुन्। पछिल्ला एक्जिट पोलहरूमा कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई पछाडि छोडेकी छन्। नोभेम्बर ५ सम्म यही गतिमा उनको गधा चम्क्यो भने  रिपब्लिकनको बूढो हात्ती ट्रम्पको केही सिप लाग्दैन। स्मरणीय रहोस्, अमेरिकामा गधा डेमोक्रेटिक पार्टीको र हात्ती रिपब्लिकन पार्टीको चिन्ह हो ।

Previous Post

शिक्षाको हब बन्दै पोखरा

Next Post

नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

सम्बन्धित खबर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
Load More
Next Post
नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In