• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ब्युँतियो तारागाउँ जग्गा विवाद

by
४ अशोज २०८१,
0
ब्युँतियो तारागाउँ जग्गा विवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तारागाउँ विकास समितिको तीन सय रोपनीभन्दा बढी जग्गा हायात होटलले कब्जा जमाएको छ । उक्त जग्गा भाडा विवादमा ३० वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान शुरु गरेपनि अहिलेसम्म नटुंगिएको अवस्थामा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अनुसन्धानको हिस्सा खोजेको छ ।

गत माघमै सिआइबीले अनुसन्धान प्रकृया अघि बढाएको थियो । तर अनुसन्धान कता पुग्यो भन्ने सम्मको कुनै प्रगति बाहिर नआएपछि समितिले अनुसन्धानको हिस्सा खोजेको हो । यस्तो अवस्थामा संसदका समितिहरु सक्रिय हुन खोजेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले होटल हायात रहेको जग्गाभाडा विवादमा आन्तरिक अध्ययन अगाडि बढाएको हो । अध्ययन पूर्वसमितिले गत साउन २७ गते प्रारम्भिक छलफल गरेको भएपनि यो विषयले बाहिर चर्चा पाएको थिएन ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे, सचिव डा. गणेशप्रसाद पाण्डेय लगायतका अधिकारीसँग समिति सदस्यहरूले ‘तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड’बारे लामो छलफल गरेको भएपनि कसरी छानविन शुरु गर्ने भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

तारागाउँ विकास समितिका नाममा रहेको जग्गा विवादबारे संसदीय समितिले छलफल र अध्ययन थालेको ३० वर्ष भइसक्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का साथै संसद्को सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत विगतमा अध्ययन गरेको छ । तर अहिलेसम्म समस्या समाधान भएको छैन ।

समस्या समाधान नभएकाले फेरि अध्ययन गर्न लागिएको छ । विगतमा यही (अन्तर्राष्ट्रिय सम्बन्ध) समिति, अन्य निकायले समेत अध्ययन गरेका थिए, विभिन्न निर्देशन जारी भएका थिए तर समस्या समाधान भएको भएको छैन ।

२०५६ भदौ १५ देखि हायात रिजेन्सी होटल सञ्चालनमा छ । त्यसघि नै जग्गा विवाद संसदमा पुगेको थियो । २०७५ मा अन्तर्राष्ट्रियसम्बन्ध समितिले तारागाउँको १५० रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएको थियो ।

उनका अनुसार संसदीय समितिले तारागाउँ विकास समिति गठनको उद्देश्य, यसले लिएको ३०४ रोपनी जग्गाको अवस्था, यसअघि भएका अनुसन्धान र दिइएका निर्देशन कार्यान्वयन अवस्थाबारे जानकारी मागेर आन्तरिक अध्ययन थालेको स्रोतको दावी छ । अहिले सो समितिमा राजकिशोर यादव रहेका छन् । उनले नै समितिले छानवीन अगाडी बढाउन खोजेका हुन ।

२०३४ सालमा तत्कालीन सरकारले पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत रहने गरी तारागाउँ विकास समिति स्थापना गरेको थियो । यसअन्तर्गत होमस्टे, होटल, रेस्टुराँ सञ्चालनमा छन् । हायात होटल सञ्चालन गर्ने निर्णयदेखि तारागाउँ विकास समिति विवादित रहँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले समितिसँगको छलफलमा २०४९ असोज २२ गते तारागाउँ विकास समिति ‘आईसीटीसी ग्रुप’ र होटल सञ्चालक राधेश्याम सर्राफ, सरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ दुवै पक्षको लगानीमा चेन होटल सञ्चालन गर्ने सम्झौता भएको बताएका छन् । सम्झौताबमोजिम २०५१ साल जेठ ५ गते समितिको १५० रोपनी जग्गा होटल हायातका नाममा नामसारी भयो । साथै समितिका नाममा रहेको थप १४८ रोपनी जग्गासमेत ४९ वर्षका लागि लिजमा दिने निर्णय भएको थियो ।

२०५६ भदौ १५ देखि हायात रिजेन्सी होटल सञ्चालनमा छ । होटल सञ्चालनमा आउनुअगाडि नै जग्गा विवाद संसदमा पुगेको थियो । २०५० सालमै संसद्को सार्वजनिक लेखा समितिले अध्ययन गरेको थियो । १८ चैत २०५० मा बसेको समिति बैठकले जग्गाको भाडामा पुनमूल्यांकन गर्न निर्देशन दिएको थियो । २०७५ सालमा त अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ को महालेखा परीक्षकको प्रतिवेदनमा पनि जग्गाको भाडा बजार मूल्यअनुसार नवीकरण गर्नुपर्ने उल्लेख थियो । मन्त्रालयका सचिव पाण्डेयले समितिको छलफलमा भने अनुसार विभिन्न समयमा अध्ययन हुँदा त्यो (२०५० सालको लेखा समितिको) निर्देशन पालना भएको देखिएको छैन ।

सन् १९९४ को कम्पनीको वित्तीय परियोजनाअनुसार हायात होटलको पुँजी एक अर्ब कायम गरिएको थियो, जसमा नेपाल सरकारको २२.६७ प्रतिशत सेयर थियो । त्यसपछि सरकारको सेयर स्वामित्व निरन्तर घटेको छ ।

सुरुमा २२.५० प्रतिशतमा झ¥यो । २०६३ सालमा १५.६२ प्रतिशत, २०६४ सालमा १०.१५ प्रतिशतमा आइपुग्यो । २०७१ सालमा सेयर संरचनामा पुनः परिवर्तन गरी ९.०१ प्रतिशत मात्र कायम गरिएको छ । होटलको सुधार, स्तरवृद्धि, क्षमता विकासका थप लगानी गर्दा नेपाल सरकारले रकम उपलब्ध नगराएकाले सेयर स्वामित्व घटेको बताउने गरिएको छ ।
‘तत्कालीन अवस्थामा जति सेयर छ, त्यसअनुसार तारागाउँ विकास समिति वा नेपाल सरकारले लगानी गर्न नसकेको अवस्थामा उनीहरूले आफ्नो सेयरको अनुपातमा हकप्रद सेयर बढाउँदै लगेका थिए । तारागाउँ विकास समितिको २२.८५ प्रतिशतबाट घटेर ९.०१ प्रतिशतमा आइपुगेको हो । पूर्वप्रधानमन्त्री माधव नेपालले समेत यसको विवादमा राज्यका धेरै संयन्त्रहरुको हात रहेको बताएका थिए ।

Previous Post

प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

Next Post

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In