• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

by
१ अशोज २०८१,
0
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए। उनले भने “यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।” युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उनले जानकारी दिए ।

युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताए । उनका अनुसार युरिया तीन सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।

“चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ”, शर्माले भने । कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उनले बताए ।

युरिया प्रतिबोरा रु आठ सय ८१ दशमलव ५० पैसा, डिएपी रु दुई हजार तीन सय ३१ दशमलव ५० पैसा, पोटास एक हजार सात सय ३१ दशमलव ५० पैसा र कृषि चुन चार सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैया ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैया ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब रु छ करोड बराबरको रासायनिक मल खपत भएको थियो ।

पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए । मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका–५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए । “किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुसी छौँ । धान रोप्ने समयमा पर्याप्त मल पायौँ । त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ”, उनले भने।

Previous Post

लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

Next Post

रास्वपाको राष्ट्रिय भेला आजदेखि

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
रास्वपाको राष्ट्रिय भेला आजदेखि

रास्वपाको राष्ट्रिय भेला आजदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In