मध्य गाजापट्टीको देइर अल–बालाहबाट विस्थापित प्यालेस्टिनीहरु जीवनयापनका लागि संघर्ष गरिरहेका छन्। बालबालिकाहरु आफ्नो भविष्य अन्धकारमा राखेर श्वास फेर्न संघर्षरत छन्। सेप्टेम्बर ३ मा, इजरायली सेनाले देर अल–बालाहमा अल–डोकी परिवारको घरमा आक्रमण गरेको थियो। हानानकी आमा शिमाको हत्या गर्यो। उनकी कान्छी बहिनी र उनका बुबा गम्भीर रूपमा घाइते भए।
उनकी बहिनी मिस्कले इजरायली आक्रमणमा आफ्नो देब्रे खुट्टा गुमाइन्। बुबा गम्भीर चोटका साथ सघन हेरचाह इकाईमा छन्। अहिले उनको परिवारलाई हातमुख जोड्नै समस्या परेको छ। उनी मात्रै होइन यस्ता परिवार यतिबेला गाजापट्टीमा प्रशस्तै छन्। उनीहरु खानेकुरा, बस्ने ठाउँ र स्वास्थ्योपचारबाट वञ्चित छन्। बालबालिकाहरु आफ्नो जीवन अन्धकारमा राख्न बाध्य छन्।
इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको हमलाको विरुद्धमा बदला लिन गाजा पट्टीमा हमासविरुद्ध आक्रमण गरेको थियो।













