• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

by
३० भदौ २०८१,
0
पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।पृथ्वी राजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए ।

पछिल्लो समय यो ठाउँ पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले बताए । नेपालीले भने, ‘गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।’

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताए । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको संख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउँछन् ।

उनले भने, ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताए । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

Previous Post

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्न निर्वाचन आयोगको सुझाव

Next Post

सुस्तामा झोलुङ्गे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारण लाइनको बिजुली

सम्बन्धित खबर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
सुस्तामा झोलुङ्गे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारण लाइनको बिजुली

सुस्तामा झोलुङ्गे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारण लाइनको बिजुली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In