• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

by
२६ भदौ २०८१,
0
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । सौराहाका होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आफ्नो होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त छन् । अबको एक–दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ । कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, ‘रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ, एक दुई दिनपछि त पर्यटक बोलाउनु पर्‍यो नि ।’

बर्षातको समयमा सौराहा घुम्न आउने पर्यटकको संख्या निकै कम हुने गर्दछ । केही वर्षअघिसम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीलाई यो समयमा बिदा नै दिने गर्दथे । सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मत सम्भारमा नै व्यस्त छन् । उनले भने, ‘होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु ।’ असोज लागेपछि पर्यटकको आगमन बढ्ने उनको अनुमान छ । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष समेत रहेका घिमिरेको भनाइमा वर्षा घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ ।

आफूले होटलको मर्मतसम्भारका सबै काम यो महिनाभित्रमा सक्ने तयारीका साथ काम भइरहेको उनको भनाइ छ । घिमिरेले भने, ‘अबका केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ ।’ पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् । होटेल सेभेन लिमिटेडमा भने दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भने, ‘हाम्रोमा दुई सातादेखि पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।’ बर्षतको समयमा पर्यटक कम हुँदा रङ्गरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताए ।

होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउने गरी काम थालिएको छ । उनको भनाइमा ९८ कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी थालिएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्व अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० रेष्टुरेन्ट मर्मत सम्भारको काम सकेर पर्यटकको पर्खाइमा रहेका छन् । झण्डै ३० हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहेका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताए ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बर्षातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताए । पर्यटनसँग सम्बन्धित व्यवसायी अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उनले बताए । सौराहामा एक सय ५० भन्दा बढी होटल रहेका छन् । ती होटलमा छ हजार पाँच सय जना अट्ने क्षमता रहेको छ । जङ्गल सफारीका लागि प्रसिद्धि पाएको चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ । थपलियाले भने, ‘स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ ।’ वर्षायाममा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने गर्दछ । असोज लागेसँगै निकुञ्जभित्रका पर्यटकीय सडक मर्मत गरेर जङ्गल सफारी खुल्ला हुने गर्दछ । चाडपर्वसँगै स्वदेशी पर्यटकको चहलपहल पनि पर्यटकीय क्षेत्रमा हुने गर्दछन् ।

Previous Post

प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

Next Post

समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन प्राथमिकतामा रहन्छ : महामन्त्री थापा

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन प्राथमिकतामा रहन्छ : महामन्त्री थापा

समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन प्राथमिकतामा रहन्छ : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In