• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

by
२१ भदौ २०८१,
0
धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरीथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८, कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा ४ हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडीबुटी पाइन्छ ।

तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षण हो । भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् ।

म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ ।

मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रूपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ ।

ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन विशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिए । केही वर्षअघिसम्म कुइनेमङ्गले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारका कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उनको भनाइ छ ।

यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले बताए । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौंलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृश्यले लोभ्याउने गर्छ ।

पहिलोपटक यहाँ पुगेका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए । उनले यहाँबाट देखिने दृश्यले आफू लोभिएको बताए ।मन्दिर परिसरमा रहेको दमाह आकारको तामाको भाँडोमा कहिल्यै पानी नसुक्ने नौलो विशेषता रहेको ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले जानकारी दिए । उनका अनुसार वर्षौँदेखि मन्दिर परिसरमा रहेको उक्त भाँडोमा कतैबाट पनि पानी नराखे पनि भाँडोमा सधैँ भरिभराउ हुने गर्छ ।

पूजाआजा र दर्शनका लागि पुगेका भक्तजनले सोही भाँडोको पानीलाई पवित्र जलका रूपमा लैजाने गरे पनि भाँडो कहिल्यै नरित्तिने छन्त्यालले उल्लेख गरे । ‘पौराणिक कथाअनुसार संसारको प्रलय भई जलमग्न हुँदा सत्यव्रत राजाले डुङ्गामाथि चढेर सप्तऋषि, महत्त्वपूर्ण जडीबुटी र आफ्नो सुरक्षा गरेको र कालान्तरमा उनीहरू यही क्षेत्रमा आएर विश्राम गरेको जनविश्वास छ । यहाँ रहेको उक्त ढुङ्गालाई प्रलयकालको अवशेषका रूपमा लिने गरिन्छ भने सप्तऋषिको तपस्थली, हिउँले खारिएको ठाउँ र हजारौँ फूलहरूले सजिएको रमणीय ठाउँ भएकाले यस क्षेत्रको नाम ऋखार रहन गएको किंवदन्ती छ,’ उनले भने ।

ऋखार धार्मिक महत्त्वका साथै प्राकृतिक सुन्दरताको दृष्टिकोणले पनि पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ रहेको सप्तऋषि युवा क्लबका संरक्षक अङ्कित पुनले बताए ।

मनोरम हिमाल, जङ्गली फूलले रङ्गिएका खर्क, हरियाली डाँडा, छलछल बग्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाईभैँसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मन लोभ्याउने उनको भनाइ छ ।

धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर यसको विकास र प्रवर्द्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाइ, भक्तजन र समुदायको सहयोग तथा सरोकार भएकाको पहलमा दुवाडी, पात्लेखर्क, बगरखोलामा तिर्थयात्री भवन, ऋखार जाने बाटोमा पुल, पदमार्गलगायत संरचना निर्माणले गरिएको संरक्षक पुनले बताए ।

स्थानीय सरकार कार्यान्वयनमा आएसँगै रघुगङ्गा गाउँपालिका र वडा नं ८ को कार्यालयले ऋखारलाई धार्मिक, पर्यटकीयस्थलको रुपमा विकास गर्न प्रचारप्रसार र पूर्वाधार विकासलाई जोड दिएको छ ।

सरकारी निकाय र संरक्षण समिति, स्थानीय आमा समूह, युवा क्लबको समेत सक्रियता बढेको संरक्षक पुनले बताए । उनका अनुसार यहाँका सम्भावना र समस्या पहिचान गरी दीर्घकालीन र तत्कालीन पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउने कार्यलाई वडा कार्यालयले अघि सारेको छ ।

अप्ठ्यारा ठाउँमा पदमार्ग, खोलामा झोलुङ्गे पुल, पर्याप्त आश्रयस्थललगायत पर्यटन पूर्वाधार निर्माणसँगै ऋखार हुँदै धवलागिरि हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सके यहाँ धार्मिक पर्यटकको आगमन बढाउन सकिने क्लबका संरक्षक पुनको भनाइ छ ।

अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य रहेको रघुगङ्गा– ८, कुइनमङ्गलेको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्त्वपूर्ण सहयोग पुर्‍याउने ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले बताए । छन्त्याल समुदायको कला संस्कृति पर्यटकका लागि थप आकर्षक बन्न सक्ने भन्दै उनले यस क्षेत्रको विकासले समग्र रघुगङ्गा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

Previous Post

गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

Next Post

नरिवल पानी पिउनुहोस्, मिल्छ यति धेरै समस्याबाट राहत

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
नरिवल पानी पिउनुहोस्, मिल्छ यति धेरै समस्याबाट राहत

नरिवल पानी पिउनुहोस्, मिल्छ यति धेरै समस्याबाट राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In