• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

by
२० भदौ २०८१,
0
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । उनले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

के छ पर्यटक बढाउने सरकारी योजना ?

कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन

सम्बन्धित खबर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
समाचार

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

११ साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

११ साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

११ साउन २०८३,
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
Load More
Next Post
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन

हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In