• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

by
१७ भदौ २०८१,
0
बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् ।

पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताए । विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन् ।

त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ । मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाख लागतमा भवन निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन गरिएको थियो । चालु आवमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ । बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्वारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ ।

सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभई पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायाङ्कन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताए ।

राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ । भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्त्विक समान विभिन्न समयमा हराएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो ।

यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन् । यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ । आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो ।

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।

Previous Post

चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

Next Post

हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म

हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In