• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

by
१७ भदौ २०८१,
0
बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नु पर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूूर्ण रुपमा स्तरोन्नति भइसकेको छैन ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ ।

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरुले यात्राको दु:ख, कष्ट भुलाइदिने गरेको यात्रुहरु बताउँछन् । ‘गाडीबाटै देखिने झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन्’, मुस्ताङ घुमेर फर्किएका बेनीका विनोद खत्रीले भने, ‘झरनाहरुको सौन्दर्यले यात्राको दु:ख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।’ बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ ।

बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सीमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ ।
अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुल्ने गर्छन् । पहिले सुनसान हुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताए ।

पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ । झरना परिसरमा पुग्दा गर्मी याममा शितल हुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुुक्त गन्तव्य हो । झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुने बेनीका किरन कार्कीको अनुभव छ ।

अन्नपूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ । सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो । सडकको नागढुुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो । अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहारामा आराम गर्छन् । कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खला बीचको छ हजार नौ सय ६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि-कलाकारले सयौँ कविता र चित्र कोरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिए । रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न रु तीन करोड ६५ लाख बराबरको लागत अनुमान गरिएकामा रु तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ । गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गतेसम्म छ ।

रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भ–याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्ट समेत निर्माण गरिने जनाइएको छ ।

Previous Post

भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

Next Post

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In