• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ढोरपाटनको पाखाथरमा ‘होमस्टे’

by
१६ भदौ २०८१,
0
ढोरपाटनको पाखाथरमा ‘होमस्टे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।

ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हुँदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिए । ‘ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ’, उनले भने, ‘पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाै‌ ।’

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताए ।

काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् । कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् ।

देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताए । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए । पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो ।

पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो ।

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताए । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

Previous Post

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

Next Post

२६ करोडको राजविराज–छिन्नमस्ता सडकमा यस्तो छ सास्ती

सम्बन्धित खबर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
Load More
Next Post
२६ करोडको राजविराज–छिन्नमस्ता सडकमा यस्तो छ सास्ती

२६ करोडको राजविराज–छिन्नमस्ता सडकमा यस्तो छ सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In