• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    राष्ट्रपतिसँग सभामुखको भेट

    राष्ट्रपतिसँग सभामुखको भेट

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    राष्ट्रपतिसँग सभामुखको भेट

    राष्ट्रपतिसँग सभामुखको भेट

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धुलिखेल नेपालको पहिलो र एसियाको दोस्रो ‘स्वस्थ सहर’ घोषणा

by
१२ भदौ २०८१,
0
धुलिखेल नेपालको पहिलो र एसियाको दोस्रो ‘स्वस्थ सहर’ घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। विश्व स्वास्थ्य संगठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ। संगठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ।

संगठनका प्रमुख डा सुभाजी गुडले मंगलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन्। गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो। एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अंक प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो।

एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए।

संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ।

धुलिखेल नगरले आगामी दिनमा पनि संगठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जूले बताए।

“यो घोषणाले सिंगाे नेपाल र काभ्रेपलाञ्चोक जिल्लावासीका साथै धुलिखेल नगरवासी खुसी भएका छौं, खुसीसँगै अवसर र चुनौती पनि महसुस गरेका छौं”, ब्याञ्जूले भने। नगरले अपांगता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ। धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो।

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसंघमा पेश गरेको थियो। त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो। नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्‍याउने कामसमेत सकेको जनाएको छ।

नागरिकको अवस्था के छ, के-कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो। केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ। नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिएको छ।

धुलिखेल विश्व स्मार्ट दिगो सहर संगठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो। विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको संगठनको विश्व स्मार्ट दिगो सहर संगठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो।

यस्तै धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत सन् २०२२ नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२६)मा चर्चाको विषय बनेको थियो।

नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरेका थिए।

Previous Post

धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ सञ्चालन

Next Post

महाकाली लोकमार्ग अवरुद्ध

सम्बन्धित खबर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
फिचर-ब्यानर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

१६ अशोज २०८३,
नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
फिचर-ब्यानर

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

१६ अशोज २०८३,
राष्ट्रपतिसँग सभामुखको भेट
समाचार

राष्ट्रपतिसँग सभामुखको भेट

१६ अशोज २०८३,
सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
फिचर-ब्यानर

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

१६ अशोज २०८३,
भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
फिचर-ब्यानर

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

१६ अशोज २०८३,
चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
Load More
Next Post
महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्ग अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In