• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिवंगत आफन्तको सम्झनामा यसरी मनाइँदैछ बनेपा र धुलिखेलमा गाईजात्रा

by
४ भदौ २०८१,
0
दिवंगत आफन्तको सम्झनामा यसरी मनाइँदैछ बनेपा र धुलिखेलमा गाईजात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरूप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ। विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाइँदैछ।

यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृंगारी बजार परिक्रमा गराई मनाइन्छ। विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो।

‘आफ्ना धर्म संस्कृति–पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौं,’ बनेपाका माधव श्रेष्ठले भने। उनका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ।

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी संस्कृति धुमधामका साथ मनाइने गरिएको बनेपाका साहित्यकार मोहन दुवाल बताउँछन्। उनका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई यहाँका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग्य–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन्। मल्लकालीन अवस्थादेखि नै गाईजात्रा पर्व भक्तपुरबाट सयौं वर्षअघि सुरुआत गरिएको विभिन्न लेख–अभिलेखबाट प्रष्ट देखिने उनी बताउँछन्।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नालालगायत जिल्लाका मुख्य सहरबजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई श्रृंगारी नगर परिक्रमा गराउँछन्। जात्रामा सहभागी केहीले जात्राको पोशाकको मुखुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन्। परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहँदै आएको छ।

‘जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरू ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ। विशेषतः पितृमोक्षका रूपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धरको बनेपाको इतिहास पुस्तकमा उल्लेख गरिएको छ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ।

यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइएको जनश्रृति रहेको छ। सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ।

विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो। पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ। ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ। जनैपूर्णिमा र गाईजात्राको दिन भने क्वाँटी खाने प्रचलन रहँदै आएको छ।

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ। तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका रुपमा विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ।

उक्त जात्रामा तेमाललगायत आसपासका स्थानीय तह र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी उपस्थित भई अनुष्ठान गर्ने गर्छन्। यस जात्रा र मेला मनाउन गाउँपालिकाअन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालय बन्द हुने सूचनामा जनाइएको छ।

Previous Post

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

Next Post

नेपालका १२ जलविद्युत परियाेजनाबाट २५१ मेगावाट बिद्युत भारत निर्यात

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
नेपालले भारतलाई बेच्यो किनेको भन्दा १२ करोड बढीको विजुली

नेपालका १२ जलविद्युत परियाेजनाबाट २५१ मेगावाट बिद्युत भारत निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In