रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै क्यान्सरबाट समेत जोगाउने लसुनलाई यदि ३ मिनेट भन्दा बढी पकाएमा यसको गुण नाश हुन्छ । बढी तापक्रमको कारण लसुनमा पाइने एलिनेज इन्जाईम (जसले क्यान्सर विरुद्ध लड्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ) नष्ट हुन्छ । अतः सलादमा लसुन खाँदा काँचै वा बढीमा २ मिनेट उमालेर खान सकिन्छ । अथवा तरकारीमा मसलाको रुपमा मिसाउनु पर्दा १०–१५ मिनेट अगाडि नै काटेर त्यति कै राख्नुपर्छ । काटिएको १०–१५ मिनेटपछि उत्पन्न हुने तत्वले लसुनलाई कडा तापक्रमबाट हुने हानीबाट जोगाउँछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट