• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मादुरोको जितपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन, अहिलेसम्म ११ जनाको मृत्यु

by
१७ साउन २०८१,
0
मादुरोको जितपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन, अहिलेसम्म ११ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन चर्किएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्मको प्रदर्शनको क्रममा ११ जनाको ज्यान गएको छ ।

विपक्षी नेताहरुले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । रिपोर्टका अनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनी समेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन् ।

केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो । निकोलस मादुरोले चुनाव जितेको घोषणा गरियो । तर, विपक्षीले यो जितलाई मान्न अस्वीकार गरेका छन् । निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ ।

चुनावी नतिजा अनुसार राष्ट्रपति निकोलस मादुरोले ५१.२ प्रतिशत मत पाएका छन् भने विपक्षी नेता गोन्जालेजले ४४.२ प्रतिशत मत पाएका छन् । मादुरोको जितपछि विपक्षी र जनता आक्रोशित भएका छन् । सडकमा उत्रिएका प्रदर्शनकारीले मादुरोको पोष्टर च्यातेका थिए ।

उनीहरूले मादुरोभन्दा अगाडि राष्ट्रपति भएका ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् । यससँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गरेका थिए र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेका थिए । मादुरो विगत ११ वर्षदेखि सत्तामा छन् भने अब २०३० सम्म सत्तामा रहनेछन् ।

यसैबीच मादुरोले भेनेजुएलामा ‘कु’ को प्रयास भइरहेको दाबी गरेका छन् । निर्वाचनपछि यस्तो हुने अनुमान गरेको उनले तर उनीहरुको योजना सफल हुन नदिने बताए । रिपोर्टका अनुसार भेनेजुएला धेरै वर्षदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिका र पश्चिमी मुलुकले लगाएको नाकाबन्दीका कारण तेलका लागि चर्चित यो देश विश्वमा एक्लो बन्दै गएको छ ।

मादुरोको जितमा अमेरिकाले चुनावी नतिजामा विश्वास नगर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गर्दै यो नतिजाले भेनेजुएलाका जनताको मनस्थितिलाई प्रतिबिम्बित नगर्ने बताए । संयुक्त राष्ट्र संघ र युरोपेली संघ लगायत धेरै देशले भेनेजुएलामा पारदर्शी ढंगले नतिजा जारी गर्न माग गरेका छन् । उनले प्रत्येक मतदान केन्द्रको मतदान अभिलेख सार्वजनिक गर्न निर्वाचन अधिकृतलाई अपिल गरेका छन् ।

मादुरोलाई चीन, रुस र क्युवाजस्ता साथी राष्ट्रहरूको समर्थन प्राप्त छ । उनीहरुले लगातार तेस्रो जितमा राष्ट्रपतिलाई बधाई दिएका छन् । तर, छिमेकी मुलुकले त्यसो गरेका छैनन् । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अहिलेसम्म बधाई दिएका छैनन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि यस्तै गरेका छन् । यी दुवै देशमा भेनेजुएला जस्ता वामपन्थी विचारधाराका सरकारहरू छन् ।

Previous Post

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प

Next Post

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु
समाचार

सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

१९ साउन २०८३,
Load More
Next Post
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In