विधि
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै विस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीसम्म उठाएपछि खुट्टालाई टाउकोभन्दा पछाडिसम्म पु¥याउँदै श्वास बाहिर फाल्दै जाने ।
– खुट्टालाई टाउको पछाडि जमिनमा टेकाउने ।
– यो स्थितिमा ठाडो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा विस्तारै झार्दै भुइँमा सीधा राख्ने ।
लाभ
– थायराइड ग्रन्थिलाई चुस्त बनाएर मोटोपन, भकभकाउने, पुडको शीर दुर्बलतामा लाभ पु¥याउँछ ।
– मेरुदण्ड स्वस्थ र लचकदार बनाउँछ ।
– स्त्री रोग, कष्टातर्वमा उपयोगी हुन्छ ।
– अन्याशय (प्याङ्क्रियाज) सक्रिय पारेर मधुमेहमा हित गर्छ ।
– अजीर्ण, मन्दाग्नि, कब्जियतमा लाभदायक ।
नोट ः उच्चरक्तचाप, काँध दुख्ने, फियो र कलेजो बढेको बेलामा यो आसन गर्नुहुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट