• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

by
१३ साउन २०८१,
0
न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्धामा पाटन उच्च अदालतबाट सफाई पाएपछि अब यो सरकारवादी मुद्धा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्धकी पिडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्धा अब आफु लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ ।

गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धा सर्वोच्चमा लैजान्छ वा लैजादैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रुपमा लिन सकिन्छ ।

आखिर गौशाला- २६ ले किन मुद्धा अगाडी नबढाउन निवेदन दिइन् त ? यो प्रश्नको उत्तर उनको निवेदनमा त उल्लेख नै छ, साथसाथै उनको निवेदन नेपालको न्याय प्रणालीको नेतृत्व गरिरहेकाहरुलाई गिज्याएको र सोधेको प्रश्न पनि हो । गौशालाले निवेदनमा भनेकी छन्- ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’

यी लाइनहरुबाट यो मुद्धा लड्नेक्रममा गौशाला- २६ ले भोगेको पिडा झल्किन्छ । उनले निदेदनमा भनेकी छन्- ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’

गौशाला-२६ ले निवेदनआमा उल्लेख गरेका यी लाइनले नेपालमा ‘न्याय’ पाउन सहज छैन भन्ने स्पष्टसँग बोल्दछ । चाहे न्याय क्षेत्रको नेतृत्व गरेकाहरु हुन् चाहेनीति निर्माणदेखि सरकारमा बस्नेहरु हुन गौशाला-२६ ले निवेदनमा उल्लेख गरे झैँ नेपालमा न्यायका लागि लड्दा कसरी जीवन अस्तव्यस्त हुन्छ भन्ने सजिलै बुझ्न जरुरी छैन र ? न्यायका लागि लडिरहेकी एउटा युवती मानसिक रुपमा दर त्रासमा बाच्नु पर्ने अवस्था कसले सिर्जना गर्यो ? यसको उत्तर राज्यले दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गौशाला- २६ को निवेदनले सोझै सिंहदरबार तर्फ सोधेको छ ।

गौशाला २६ ले आफ्नो निवेदनमा कसैको दबाबमा आफुले जाहेरी नदिएको स्पष्ट गर्दै भनेकी छन्- ‘मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’

यति मात्र होइन प्रोपोगान्डा, मिडिया ट्रायल र अदालतको ढिला सुस्तीले कसरी कसैलाई ‘न्याय’ चाहिदैन भन्ने अवस्थामा पुर्याउछ भन्ने पनि यो घटनाले देखाएको छ । उनले भनेकी छन्- ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदैछ भन्ने पनि थाहा छैन । अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस् । मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’

गौशाला- २६ ले अब यो मुद्धा नलडने निर्णय लिएसँगै नेपालको न्याय क्षेत्रलाई अनगिन्ती प्रश्न तेर्साएकी छन् । उनको निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धालाई अगाडी बढाउछ वा बढाउदैन, त्यो स्पष्ट छैन तर सरकारवादी मुद्धा भएकाले उनको निवेदनकै आधारमा अगाडी नबढने भन्ने हुदैन । सरकारी वकिलको कार्यालयले फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने आधार देखेमा महान्यायाधिवक्ता कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन पठाउने र सो आधारमा महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदनको निर्णय लिने प्रक्रिया हुन्छ ।

प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउदै अब मलाई ‘न्याय’ चाहिदैन भन्ने आसयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाई समेत तिमीहरुले ‘न्याय’ दिन सक्दैनौं भन्ने दरिलो जवाफ दिएको छ ।

Previous Post

सिमलताल दुर्घटना: बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किदै

Next Post

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In