काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई दिने डलर सटहीको सुविधालाई सहजीकरण गर्ने भएको छ ।
हालसम्म वर्षमा दुई पटकसम्मको लागि राष्ट्र बैंकले विदेश जानेका लागि दिने डलर सटहीको सुविधा एक पटकमा २५ सय डलर दिँदै आएको थियो ।
अब यो व्यवस्थालाई थप सहजीकरण गर्ने भएको पनि राष्ट्र बैंकले जारी गरेको चालु आव २०८१/८२ को मौद्रिक नीतिमा उल्लेख छ ।













