• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

by
११ साउन २०८१,
0
‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर । कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् । किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाएका छन् ।

धानबाली तङग्रिँदै गएकाले उनले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थालेका छन् । उनलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन । भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आएका छन् । “मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमान्ले मल किनेर ल्याउनुभएको छ”, उनले भने, “मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु । सके जति हाल्ने हो ।”

किसानले धानको उत्पादन बढाउन समयमै प्राङ्गारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । मलखाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ ।

किसानले अहिले धान खेतमा युरिया मल टप ड्रेसिङ (थप मलखाद छर्ने काम) गरिहेका छन् । धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन् । प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फास्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरु टप ड्रेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन् । टप ड्रेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताए।

“कृषि विभागले अहिले स्थान विशेष मलखाद सिफारिस गरेको छ । स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ”, चौधरीले भने, “सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सूक्ष्म तत्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ ।”

यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उनको सुझाव छ । किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप ड्रेसिङ अर्थात् थप मलका रुपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग कीराको प्रकोप देखापर्ने जोखिम बढ्छ ।

कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका कीराको प्रकोप बढेको अवस्था छ । यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखापर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउँछन् ।

Previous Post

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

Next Post

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In