त्यो बेलामा गान्धी चम्पारणमा थिए । एक दिन बिहान उनी आफ्नो कुटी बाहिर बसेर चर्खा काटिरहेका थिए । उनको अगाडि दुई जना बच्चा खेल्दा खेल्दै झगडा गर्न थाले, दुवै बच्चा उति नै उत्तेजित भए एकअर्कालाई नराम्रो गाली गर्न थाले । साना साना बच्चाको मुखबाट गाली सुनेर गान्धीलाई अफसोच लाग्यो । उनले दुवै बच्चाका आमाबुवालाई बोलाए ।
बच्चाका आमाबुवा आएपछि गान्धीले उनीहरुलाई गाली गर्न थाले । केही क्षणसम्म उनीहरुले चुपचाप सुनिरहे । तर उनीहरुमध्ये एउटा बच्चाको बाबु चुप लागिरहन सकेनन्, उनले सोधे, ‘बापू हाम्रो गल्ती के थियो त्यो त पहिला बताउनुस् ।’
सुन, गान्धीले स्थिति स्पष्ट गरे, तिमीहरु दुवैका बच्चा यहाँ खेलिरहेका थिए । अचानक उनीहरुमा झगडा भयो र उनीहरु एक अर्कालाई गाली गर्न थाले ।
तर यसको लागि तपाईंले हामीलाई किन बोलाउनु भएको ? उनीहरुलाई नै बोलाएर गाली गर्नु भएको भए भइहाल्थ्यो नि । तपाईंलाई उनीहरुलाई गाली गर्ने पूरा अधिकार छ ।’ त्यो व्यक्तिले सफाइ पेश ग¥यो ।
गान्धी अब गम्भीर भए, ‘म उनीहरुलाई गाली गर्न सक्थे । तर त्यो बेला गाली गर्थे यदि उनीहरु दोषी भएका थिए । यिनीहरुले गाली तिमीहरुबाट सिकेका हुन् ।
उनको तर्क सुनेर बच्चाका आमाबुवा लाजले टाउको निहु¥याए ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













