काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार संघीय संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम लिएको विश्वासको मतको पक्षमा ६३ मत ,विपक्षमा १९४ मत र तटस्थ १ मत परेको हो ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले लिएको विश्वासको मत अनुसार बहुमतको संख्या कम भएका कारण प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानअनुसार पाँचौ पटक विश्वासको मत लिन नसकेको घोषणा गरे ।













