काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहान साढे ८ बजेदेखि सुरू भएको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ ।
बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ ।
रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा नजाने यस अघि नै निर्णय गरिसकेको छ ।













